पाकिस्तानमा आतंकवादी समूह लश्कर ए तोएबाका संस्थापक तथा योजनाकार इसहाकसहित १४ जनाको मृत्यु

पाकिस्तानी सेनाले गरेको कारबाहीमा आतंकवादी समूह लश्कर ए तोएबाका संस्थापक तथा योजनाकार अमीर मलिक इसहाकसहित १४ जनाको मृत्यु भएको छ ।
पाकिस्तानको मुजफरगढमा सेनाले गरेको कारबाहीमा उनीसहित १४ जना चरमपन्थी मारिएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । यो क्षेत्रमा लस्कर ए तोएबाको पकड रहेको मानिन्छ ।
 चरमपन्थीसँगको भिडन्तका क्रममा केही सेना पनि घाइते भएका छन् । सन् २००१ देखि प्रतिबन्धित सो संगठनका कार्यकर्ता केही दिनदेखि सक्रिय हुन थालेपछि सेनाले कारबाही थालेको हो । (एजेन्सी)