सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्ला सन्धिखर्कमा एक मोबाईल पसलमा गएराती मध्यरातमा अचानक करेन्ट सर्ट भई आगलागी हुँदा लाखौं रुपैयाँको क्षति भएको छ ।
सन्धिखर्क नगरपालिका -१ स्थित शान्ति बगैँचामा नजिकै रहेको नारायण बस्नेतको श्रद्धा मोवाईल पसलमा अचानक आगलागी भएको हो । बस्नेत अर्घाखाँची इलेक्ट्रोनिक व्यवसायी समीतीका अध्यक्ष हुन ।
आगलागीबाट मोबाईल र मोबाईलका सामाग्री लगायत अन्य सम्पूर्ण सामानहरु पूर्ण रुपमा जलेर अन्दाजी १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
बन्द रहेको उक्त पसलमा एक्कासी आगलागी भएको थाहा पाएर स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए । पसलेले बिजुलीको स्विच अफ गर्न बिर्सिएकाले घटना भएको देखिन्छ, एक स्थानियले अर्घाखाँचीडट्कमलाई बताए ।
बारम्बार बत्ती जाने र आउने गर्दा अत्यधिक करेन्ट आपूर्ति भई तार पग्लेर आगलागी भएको हुनसक्ने बताइएको छ ।
सामान्यतया आगलागीको प्रमुख कारण लोडसेडिङ नभई सर्वसाधारणको लापरवाहीका कारणले हुन्छ । घरमा कमजोर वायरिङ हुँदा विद्युतले तार पगाल्दिन्छ र आगलागी हुने गर्छ। वायरिङ गर्दा फ्युज नराखेका कारण पनि आगलागी हुने गरेको देखिन्छ । बढी भोल्टेज आएर फ्युज गयो भने केही हुँदैन तर फ्युज भएन र भोल्टेज बढी आयो भने बत्ती सट हुने सम्भावना बढी हुन्छ ।