अखण्ड लुम्बिनी प्रदेश हुनुपर्नेमा अर्घाखाँचीबासीको जोड

वीरेन्द्र केसी



सन्धिखर्क, अर्घाखाँची । लुम्बिनी अञ्चलका छ वटै जिल्लाका नागरिकले लुम्बिनीलाई टुक्राउन नहुने सुझाव दिए । संघीय प्रदेशमा अखण्ड लुम्बिनी हुनुपर्नेमा सबैको जोड छ । अर्घाखाँची सहित सबै जिल्लाका नागरिकले सभाषदलाई लुम्बिनी प्रदेश बनाउन सुझाव दिए ।

 



 

अञ्चलभित्र अर्घाखाँची, पाल्पा, गुल्मी पहाडी र कपिलवस्तु रुपन्देही, नवलपरासी तराईको भुगोल भौतिक, प्राकृतिक, सामाजिक, धार्मिक, आर्थिक सास्कृतिक र मेलमिलापको हिसाबले पनि छुटिनु हुदैन, एमाले जिल्ला सचिव रामबहादुर चौहानले भने, लुम्बिनीलाई टुक्राईए  स्वीकार्य हुदैन । पूर्वपश्चिम राजमार्गले गुल्मी र पाल्पा बाहेक सबै जिल्ला छोएको छ । संघीयतामा प्रदेश विभाजन गर्दा हिमाल, पहाड र तराई जोडिनुपर्छ । पहिल्यै नै नामाकंन र सीमाकंन गर्नुपर्ने हो, बल्कोटका विष्णु प्रसाद भुसालले भने, पहाडे र मधेशीको मेलमिलाप भएको संघीय प्रदेश र संविधान ल्याउनुपर्छ । त्यो मेलमिलाप र सदभाव लुम्बिनीमा छ जसलाई टुक्राईनु हुदैन, उनले भने । 

 



 

पहाडबाट झरेको पानी र मधेशमा फलेको अन्नले सबैलाई बचाएको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीकै नामबाट संघीय प्रदेश हुनुपर्छ, कांग्रेस सचिव वासुदेव आचार्यले भने, पहाड र तराई, मधेशको भुगोल छुटाएर प्रदेश बनाएमा सदभाव खल्बलिन सक्छ र द्धन्द्ध निम्तन सक्छ । सबै जिल्लाबाट अखण्ड लुम्बिनीको आवाज घन्केको छ । पहाडे र मधेशीलाई मेलमिलाप बनाए मात्र सुन्दर संविधान संभव छ, प्राध्यापक मावधराज चुदालीले भने, विभेदपूर्ण सोचले देश टुक्रिन सक्छ । सभाषद ज्यू, पहाडे र मधेशी भनेको एक रथका दुई पांग्रा हुन यी छुटईए रथ दुर्घटनामा पर्छ, वाङलाका शोभाखर बंजाडेले भने । 

 



 

भरसक संघीयता नै चाहिदैन यदि गराउने जो हो भने पाँच विकास क्षेत्रलाई संघीय प्रदेश गराए भै गो नि, सन्धिखर्कका दिपक केसीले भने, सीमाकंनको विवाद पनि हुदैन । संघीयताको सन्धिखर्कका युवा मुकुन्द केसी र केशव घिमिरेलाई पनि चित्त बुझेनको रहेनछ । केन्द्रिकृत अधिकारलाई विकेन्द्रिकरण गर्ने र एउटा गाविसलाई २० लाख होईन ५ करोड बजेट दिए विकास हुन सक्दैन र ? केसीले भने । आखिर दलीय निर्णण्य अनुरुप नै हुने होला, पार्वती थापाले भनिन, सुशील कोईराला, केपी ओली, पुष्पकमल दाहाल, विजय कुमार गच्छेदार लगायतका नेताहरु  जनताको चित्त बुझाउन मात्र सुझाव लिन खोजिएको हो भन्ने मलाई लागेको छ । साञ्चै  सुझाव कार्यन्यवन गर्ने हो भने म सहित धेरैको एउटै माग छ संघीय प्रदेशमा अखण्ड सहितको लुम्बिनी प्रदेशको नाम राख्नुहोस, उनले भनिन । 

अन्य समाचारहरु