शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । यस पटकको एस.एल.सी. पुरक परिक्षामा अर्घाखाँची जिल्ला बाट १ हजार ५ सय ३६ जना विद्यार्थी परिक्षामा सहभागी हुने भएका छन् । साउन २० गते बाट सुरु हुने परिक्षामा सवैभन्दा बढी गणित विषयमा १ हजार ७२ जना सहभागि हुने छन् भने नेपाली र शिक्षा विषयमा १-१ जना परिक्षामा समावेश हुने जनाईएको छ ।
युवावर्ष जनता रविचित्र उच्च मावि केन्द्र सन्धिखर्कमा एसएलसी दिदै विद्यार्थीहरु । फाइल / २०७० चैत्र ६, विहीवार
परिक्षामा अंग्रेजीमा १ सय ९१ ,विज्ञानमा ९ सय ९५ ,सामाजिकमा ६९, स्वास्थ जनसंख्या तथा बातावरणमा १३ ,ऐच्छिक गणितमा ६३ , अर्थशास्त्रमा १० , लेखामा ६ र कम्प्युटरमा २ जना समावेश हुने जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीका परिक्षा शाखा प्रमुख चोपलाल बेल्वासेले बताउनु भयो ।
जिल्लाको सदरमुकाम सन्धिखर्कमा केन्द्रित परिक्षा जनज्योती उच्च मावि चुत्रावेशी ,भगवति उच्च मावि शंखेटारी र गंगा निमावि चुत्रावेशीमा हुने जिल्ला शिक्षा अधिकारी धनसिंह धामीले बताउनु भयो । परिक्षामा ३ जना केन्द्राध्यक्ष , ३ जना सहायक केन्द्राध्यक्ष ,१ सय ३९ जना निरिक्षक ,४५ जना सुरक्षाकर्मी र ६५ जना परिचर खटाउने तयारी भैरहेको कार्यालयले जनाएको छ ।
२०७१ सालको एस.एल.सी .परिक्षामा ३८.०३ प्रतिशत विद्यार्थी उत्र्तिण भएका थिए । त्यस मध्ये विशिष्ट श्रेणीमा ५७ , प्रथम श्रेणीमा ४ सय ९१ ,द्धितिय श्रेणीमा ६ सय ४ र तृतिय श्रेणीमा १५ जना उत्र्तिण भएका थिए ।
अघिल्लो बर्षको तुलनामा ५ प्रतिशत नतिजा बृद्धि भएको अर्घाखाँचीमा गौरी शंकर ईङ्गलिस बोडिङ्ग स्कुल सन्धिखर्क, अर्घाखाँची आवासिय उ.मा.वि बेलवाटिका, मालिका ईङ्गलिस बोडिङ्ग स्कुल ठुलापोखरा ,सनराईज ईङ्गलिस बोडिङ्ग स्कुल डिर्भना र न्यु नेपाल ईङ्गलिस बोडिङ्ग स्कुल डिर्भनाले सत प्रतिशत नतिजा ल्याउन सफल भएका थिए ।
एस. एल.सी परिक्षा नतिजा पछि राम्रो श्रेणीमा उर्तिण हुने विद्यार्थीहरु उच्च शिक्षाको लागी ठुला सहरहरुमा जाने भएकाले जिल्लामा संचालित उच्च माविहरुका निम्ती पुरक परिक्षाका विद्यार्थी स्कुल संचालनको आधार बन्दै आएका छन् ।
जानकारी: कृपया यहाँ राखेका कुनै पनि समाचार अनुमती बिना पुन: प्रकासित गर्न मनाही छ।