क्यानडाको वाटरलुमा अर्धनग्न भएर प्रदर्शनमा उत्रिएका तीन दिदीबहिनीलाई गिरफ्तार गरेपछि त्यस्तै शैलीमा विरोध प्रदर्शन

क्यानडाको ओन्टारियो राज्यको वाटरलुमा अर्धनग्न भएर प्रदर्शनमा उत्रिएका तीन दिदीबहिनीलाई प्रहरीले गिरफ्तार गरेपछि महिलाहरुले त्यस्तै शैलीमा विरोध प्रदर्शन गरेका छन् ।
नियन्त्रणमा लिईएकाहरु मध्येकी अलिसा मोहमद क्यानेडियन म्युजिक अवार्डमा मनोनयनमा परेकी गायिका हुन् ।
प्रहरीले उनीहरुलाई गएको महिना छिमेकी शहर किचेनरमा साइकल यात्रामा निस्किएका बेला नियन्त्रणमा लिएको थियो । उनीहरुले प्रहरीमा लिखित उजुरी दिएपछि महिला अधिकारकर्मीहरुले विरोध सुरु गरेका हुन् ।
बिरोध र्‍यालीमा सहभागी भएकाहरुले राज्य अदालतले दिएको आदेशअनुरुप अत्याधिक गर्मीको समयमा अर्धनग्न बस्ने छुट जुनसुकै महिलालाई भएको तर्क गरेका छन् ।
ओन्टारियो राज्यको अदालतले सन् १९९६ मा महिलाहरुले अर्धनग्न वस्त्र लगाउन पाउने फैसला सुनाएको थियो । (एजेन्सी)