भारतको बिहार राज्यमा विभिन्न पाँच कम्पनीका ११ वटा ब्राण्डका चाउचाउमा प्रतिबन्ध

भारतको बिहार राज्यमा विभिन्न पाँच कम्पनीका ११ वटा ब्राण्डका चाउचाउमा प्रतिबन्ध लगाइएको छ ।
यस्तो प्रतिबन्ध १ सेप्टेम्बरसम्म जारी रहने जनाइएको छ । प्रतिबन्ध अन्तर्गत ती चाउचाउको खरिदबिक्री, पसलमा भण्डारण र प्रचारप्रसार गर्न पाइने छैन ।
यसअघि ५ जुनमा म्यागी नुडल्समा प्रतिबन्ध लगाइएको थियो ।
समाचार एजेन्सीहरुका अनुसार हिन्दुस्तान युनिलिभर, ग्लेक्सो स्मिथ क्लाइन कन्ज्यूमर हेल्थ केयर, क्यापिटल्स फुड्स प्राइभेट लिमिटेड, इन्डो निस्सिन फुड्स र आइटीसी लिमिटेडका चाउचाउमा प्रतिबन्ध लगाइएको हो ।
राज्य सरकारले ती कम्पनीका बजारमा उपलब्ध चाउचाउसमेत फिर्ता लैजान निर्देश गरेको छ ।
ती चाउचाउमा मोनो सोडियम ग्लूटामेट अर्थात एमएसजीको मात्रा पाइएपछि यस्तो प्रतिबन्ध लगाइएको हो । (एजेन्सी)