भारतको मुम्बईस्थित ठाणेको नोपाडामा भवन भत्किँदा कम्तिमा ११ जनाको मृत्यु

भारतको मुम्बईस्थित ठाणेको नोपाडा इलाकामा भवन भत्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।
सोमबार राती तीन तले भवन भत्कँदा केही व्यक्ति भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
५० वर्ष पुरानो भवन भत्कनुअघि नै खतरनाक घोषित गरि खाली गर्न निर्देशन दिएको अधिकारीहरुले जनाएका छन् । गत हप्ता पनि ठाणेमा एउटा भवन भत्कँदा नौ जनाको मृत्युभएको थियो । (एजेन्सी)