सन्धिखर्क, अर्घाखाँचीडट्कम । राष्ट्रिय खेलुकद परिषद्ले अर्घाखाँची जिल्लामा खेलकुद विकास समितिमा पदाधिकारी नियुक्त गरेको छ ।
समितिका नयाँ अध्यक्षमा नेकपा एमालेका सिद्दी प्रसाद भुसाल नियुक्त भएका छन् । उनीसँगै कोषाध्यक्षमा लक्ष्मण आचार्य नियुक्त भएका छन् ।
त्यस्तै अन्य सदस्यहरुमा देवी थापा, ज्ञानेन्द्र घिमिरे, शुसिला गैरे र बिष्णु परिवारले नियुक्ति पाएका छन् ।
एकजना उपाध्यक्ष भने मनोनयन हुन बाँकी छ ।
जानकारी: कृपया यहाँ राखेका कुनै पनि समाचार अनुमती बिना पुन: प्रकासित गर्न मनाही छ।