भारतको मध्यप्रदेश राज्यमा रेल दुर्घटनामा कम्तीमा २७ जनाको मृत्यु भएको छ । दुईवटा रेलका केही डिब्बा लिकबाट बाहिरिएपछि सो दुर्घटना भएको हो ।
हरदाबाट २५ किलोमिटर टाढा खिढकिया र भिंगरी गाउँको बीचमा मंगलबार राति स्थानीय समयअनुसार ११ः४५ बजे सो दुर्घटना भएको हो । कामायनी एक्सप्रेस र जनता एक्सप्रेसका केही डिब्बा लिकबाट बाहिरिएर दुर्घटना भएको जनाइएको छ ।
रेलवे सेवाका अधिकारीहरुका अनुसार लिकमा पानी जमेका कारण सो दुर्घटना भएको हो । कामायनी एक्सप्रेसको अन्तिम डिब्बा र जनता एक्सप्रेसको इन्जिन र केही डिब्बा लगभग एकै समयमा अलग-अलग लिकबाट उछिट्टिएको जनाइएको छ ।
करिब दुई सय जनालाई सकुशल उद्धार गरिएको बताइएको छ । (एजेन्सी)