सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले शुक्रबारबाट दमकल सेबा सुचारु गरेको छ ।
सन्धिखर्क नगरपालिकाले केही महिना अगाडि दमकल खरिद गरेको थियो ।
नगरपालिका भित्र बढ्दो सहरीकरणसँगै भौतिक संरचनामा कुनै पनि बेला हुनसक्ने आगलागी नियन्त्रण गर्ने उद्देश्यले दमकल खरिद सुचारु गरिएको हो । सन्धिखर्क, चुत्राबेशीमा दमकल हेर्नेहरुको भिड लागेको थियो ।
अब देखि सन्धिखर्क नगरपालिका लगायत नजिकका गाबिसमा आगलागीका घटना भएमा तुरुन्तै नगरपालिकामा खबर गरे तत्काल दमकल सेबा उपलब्ध हुने नगरपालिकाका लेखापाल कृष्ण पान्डेले बताए । दमकल तीन हजार ५०० लिटर सम्म पानी अटाउन्छ ।
आगलागीको उच्च जोखीममा रहेको अर्घाखाँचीमा अत्यावश्यक रूपमा रहेको दमकल नगरपालिकाले सुचारु गरेपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।
विगतमा आगलागी हुँदा अर्घाखाँचीले करोडौंका क्षति बेहोर्नुपरेको थियो । हाल नगरपालिकामा दमकल व्यवस्थापन गर्न सक्ने कर्मचारी नभएकाले जिल्ला प्रहरी कार्यालयको व्यवस्थापनमा दमकल परिचालन गरिने र नगरपालिकामा कर्मचारी ब्यवस्थापन भएसँगै आफैले सञ्चालनको जिम्मा लिने भएको छ ।