ताइवानमा लगातार परेको पानीसँगै आएको शक्तिशाली समुद्री आँधी विस्तारै चीनमा पुगेको छ ।
सुडेलोर नामाकरण गरिएको यो आँधी विस्तारै सर्दै दक्षिणपूर्वी चीनमा पुगेको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।
आँधीको चपेटामा पर्न सक्ने क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ भने आँधीका कारण बिजुली आपूर्ति ठप्प बनेको छ ।
हवाई तथा यातायातका सेवा ठप्प प्रायः बनेका छन् । आँधीका कारण फुजियान प्रान्त सबैभन्दा प्रभावित भएको छ । त्यहाँका १ लाख ६३ हजार सर्वसाधारण थातथलो छाड्न बाध्य भएका छन् ।
यसअघि ताइवानमा आएको २ सय ३० किलोमिटर प्रतिघण्टाको वेगसम्म आएको आँधीका कारण पूर्वी क्षेत्रमा पहिरो पनि गएको छ भने २० लाख घरमा बिजुली आपूर्ति ठप्प भएको थियो । (एजेन्सी)