शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । संघिय प्रदेश निर्माणको विषयलाई लिएर देशैभरि मिश्रित प्रतिक्रिया आईरहेको बेला अर्घाखाँचीका बासिन्दा हरुले भने दलहरु बिच शनिवार मध्यरातमा भएको सहमतीको मुक्तकण्ठले प्रशंशा गरेका छन् ।
जिल्लामा क्रियाशिल ठूला राजनितिक दल नेपाली कांग्रेस ,नेकपा एमाले , एकिृत नेकपा माओवादी लगायतका राजनितिक दल संघ संस्था लगायत आम जिल्ला वासीले नयाँ प्रदेश निर्माणमा दलहरु बिच भएको सहमति ऐतिहासिक भएको निष्कर्ष निकालेका छन् । उनीहरुले जिल्ला वासीको चाहाना अनुसार लुम्विनी अञ्चल टुक्रन नदिन पहल गरेको प्रति लुम्विनी अञ्चलमा क्रियाशिल राजनिती दलका नेता तथा सभासदहरुको प्रशंसा समेत गरे ।
अघिल्लो दलिय सहमतिमा अर्घाखाँचीलाई कपिलबस्तु र रुपन्देहीबाट अलग गरिएकोमा आक्रोशित बनेका जिल्ला वासीले पछिल्लो सहमतिले आफुहरुलाई निक्कै आसावादी बनाएको प्रतिक्रिया दिएका छन् । दलहरुको बीचमा सिमाङ्कन सहितको ६ प्रदेशमा सहमति हुँदा लुम्वीनी अञ्चलको अधिकांश भाग एउटै प्रदेशमा परेको खवर सार्वजानिक भए संग संगै जिल्ला बासिले एक आपसमा बधाई तथा शुभकामना साटासाट गरेका थिए ।
कांग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालले ६ प्रदेशको सिमाङ्कनको निर्णय ऐतिहासिक भएको बताउँदै तराईको सुविधा लिन सक्ने दावी गर्नु भयो । नेकपा एमालेका का.वा. अध्यक्ष जिवनारायण कोईरालाले बर्षौदेखी एक आपसमा जुटेर बसेका लम्विनी बासी संगै रहन पाएकोमा प्रसन्नता व्यक्त गर्नुभयो । एमाओवदीका जिल्ला अध्यक्ष चन्द्र बहादुर खड्का उज्ज्वलले पर्यटकिय र आर्थिक हिसावले आफ्नो प्रदेश विश्वमै चर्चित हुने दावी गर्दै, गौतम वुद्धको जन्मस्थल लुम्विनी , स्वर्गदारी , ढोरपाटन लगायतका पर्यटकिय स्थल यस प्रदेशका गहना रुपमा रहेको बताउनु भयो । महिला नेतृ कमला भण्डारी भुसालले कपिलबस्तु, रुपन्देही र अर्घाखाँचीको बिचमा अन्न र पानिको सम्वन्ध रहेको बताउँदै एउटै राज्यमा पर्नु खुसीको कुरा भएको बताउनु भयो ।
यता संघियताको विरोधमा रहेको राष्ट्रिय जनमोर्चाले भने प्रदेश विभाजन राष्ट्रघाति कदम भएको बताएको छ । जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी . ले विदेशी डिजाइनमा जवरजस्ती मुलुकलाई संघियतामा लगेर देश टुक्राउने षडयन्त्र भएको आरोप लागाउनु भयो । नेकपा माओवादीका जिल्ला सेक्रेटरी पिताम्वर पोख्रेल र नेकपा-माओवादीका सेक्रेटरी दुर्गा अधिकारीले संविधान निर्माण प्रक्रियानै गलत भएको तर्क राख्दै ,प्रदेशको सिमाङ्कन लगायत संविधान निर्माणका सवै प्रक्रिया रोकिनु पर्ने बताउनु भयो ।
तस्बिर: नविन के.सीबाट
मस्यौदा सुझाव संकलन समितिले जिल्लाको क्षेत्र नं: १ को बल्कोट र क्षेत्र नं: २ को संन्धिखर्कमा आयोजना गरेको सुझाव संकलन सम्बन्धी कार्यक्रममा एक मतले अखण्ड लुम्विनीको पक्षमा सुझाव पठाएका जिल्ला बासिले निर्णको स्वागत गर्दै नयाँ संविधानमा लिपिवद्ध नभए सम्म खवरदरी गरिने बताएका छन् ।
लुम्विनी टुक्रिन नदिन कांग्रेस सभासद चन्द्र भण्डारी , बालकृष्ण खाँड , एमाले उपमहासचिव तथा सभासद विष्णु पौडेल ,सचिव गोर्कण विष्ट र एमाओवादी संसदिय दलका उपनेता तथा सभासद टोप बहादुर रायमाझी लगायतका नेताहरुले पहल गरेको प्रति जिल्ला बासीले सन्तुष्टि समेत व्यक्त गरेका छन् ।