भारतले कडा सुरक्षाका बीच ६९ औं स्वतन्त्रता दिवस मनायो

भारतले कडा सुरक्षाका बीच शनिबार आफ्नो ६९ औं स्वतन्त्रता दिवस मनाएको छ । 
राजधानी दिल्लीसहित देशका मूख्य शहरमा सुरक्षाको कडा प्रबन्ध गरिएको जनाइएको छ ।
दिल्लीस्थित लालकिल्लाको सुरक्षार्थ ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ भने हेलिकोप्टर पेट्रोलिङको व्यवस्था गरिएको छ । सोही स्थानमा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ ।
जम्मू कश्मीर, महाराष्ट्र, पञ्जाबलगायत राज्यमा सुरक्षा सतर्कता बढाइएको छ । हालै सन् १९९३ को बम आक्रमणका दोषी याकूब मेमनलाई फाँसी दिएका सन्दर्भमा आएका धम्कीहरुका कारण पनि सुरक्षा सतर्कता बढाइएको बताइएको छ । (एजेन्सी)