AP
अतिवादी इस्लामिक संगठन आइएसका नेता अबु बकर अल बगदादीमाथि एक अमेरिकी सहायताकर्मीमाथि बारम्बार बलात्कार गरेको आरोप लागेको छ ।
सिरियामा यसै वर्षको फेब्रुअरीमा मारिएकी अमेरिकी सहायताकर्मीमाथि यौन उत्पीडन भएको आरोप अमेरिकी अधिकारीहरुले लगाएका हुन् । २६ वर्षीया कायला म्यूलरलाई आइएस नेता अबु बकरले बारम्बार बलात्कार गरेको दाबी ती अधिकारीले गरेका छन् ।
अधिकारीहरुले जुन महिनामै यसबारेमा म्यूलरको परिवारलाई जानकारी गराएका थिए । म्यूलरको सन् २०१३ मा सिरियाबाट अपहरण गरिएको थियो ।
आइएसले भने म्यूलर जोर्डनको हवाई आक्रमणमा मारिएको जनाएको थियो । (एजेन्सी)