सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा केही दिन देखि हराएका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला छन् ।
जिल्ला अस्पतालमा (बाँया) र सन्धिखर्क फुदवाङ पारिको काप्डाँडा जंगल । तस्बिर: फेसबूकबाट
मृत्यु हुनेमा सन्धिखर्क बैंकरोड मार्गमा किराना पसल गर्दै आएका ५८ वर्षिय पदम रिजाल रहेको जनाएको छ ।
गत बिहिवार बिहान देखि बेपत्ता भएका रिजालको खोजी गर्दा फुदवाङ पारीको काप्डाँडा सामुदायिक जंगलको रुखमा झुण्डिएको अवस्थामा शनिबार दिउसो उनको शव फेला पारिएको थियो ।
रिजालको खोजीमा नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएका थिए । मृत्युको कारण खुल्न सकेको छैन ।
रिजाल सन्धिखर्क नगरपालिका वार्ड नं. ४ आमडाँडा स्थायी घर भई हाल सन्धिखर्कको हटारीमा सपरिवार सहित बस्दै आएका थिए ।
शव परीक्षणका लागि सन्धिखर्क स्थित जिल्ला अस्पतालमा राखिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सितापुरमा बस र जिप ठाेकिए
अर्घाखाँची जिल्लाको सितापुर गाविसको तिरतिरेमा बस र जिप ठाेकिएका छन् ।
तस्बिर: सचिन बोहोरा, अर्घाखाँचीडट्कम
शनिबार दिउसो बुटवलबाट आउँदै गरेको यात्रुबाहक बस र शुवर्णखालको मन्द्रेबाट आउँदै गएको जिप एक आपसमा ठोक्कीदा दुवै गाडीको अघिल्लो भाग क्षति भएको छ । दुवै गाडीमा सवार ६ जना यात्रु सामान्य घाइते भएका छन् ।