सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम)। प्रभु बैंकले अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आइतवारदेखि आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ।
तस्बिर: सुर्य भुसालबाट
शाखाको उद्घाटन तथा सुभारम्भ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पानसमा बत्ति बालेर गरेका थिए । व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा बैंकका संचालक पुष्पबहादुर प्रधानले शाखा सुरु गरेका हुन् ।
तस्बिर: अम्बिका श्रेष्ठबाट
बैंकले मर्जरको क्रममा दोहोरिन गएको घोराई दाङको शाखालाई स्थानान्तरण गरी सञ्चालनमा ल्याएको जानकारी गराएको छ।
तस्बिर: अम्बिका श्रेष्ठबाट
सो अवसरमा नयाँ बैंक शाखाबाट आफनो आवश्यकता अनुसारका बैंकिंङ्क सेवा तथा सुविधाहरु प्राप्त गरि आफ्नो व्यवसाय प्रर्वद्धनमा विशेष फाइदा लिनसक्ने बताइएको थियो ।
तस्बिर: अम्बिका श्रेष्ठबाट
सन्धिखर्क शाखाको स्थापनासँगै ग्राहकहरुले सरल, सहज र सुलभरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ।
तस्बिर: अम्बिका श्रेष्ठबाट