पाकिस्तानको पन्जाब प्रान्तका गृहमन्त्रीको हत्या

पाकिस्तानको पन्जाब प्रान्तका गृहमन्त्री सुजा खानजादाको आइतबार हत्या भएको छ ।
प्रतिबन्धित विद्रोही संगठन  लस्कर ए झांगबी ले गराएको आत्मघाती विस्फोटमा गृहमन्त्री खानजादासहित १२ जनाको मृत्यु भएको हो ।
खानजादा आफ्नो निर्वाचन क्षेत्रमा स्थानीयलाई भेटिरहँदा भएको आत्मघाती विस्फोटमा थुप्रै घाइते भएका छन् ।
विस्फोटको जिम्मा लिएको झांगबीले गत महिना पुलिस कारबाहीमा आफना दुई नेता मारिएको घटनाको बदलासमेत लिएको स्पस्ट पारेको छ । एजेन्सी)