कृष्ण परियार
धारापानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको धारापानी गा.वि.स.मा गए राति ११ बजे महिन्द्रा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
धारापानी-७ ठुलाखर्क बाट धारापानी- ५ उपल्ला पोखरा जाँदै गरेको लु.१ज १७४७ नम्बरको जिप दुर्घटना हुदा गाडीमा सवार धारापानी -७ ठुलाखर्क का अन्दाजी २६ बर्षका नारायण के.सी. को ज्यान गएको ईलाका प्रहरी कार्यालय धारापानीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाईते के.सी लाई उपचारको लागि सन्धिखर्क ल्याउदै गर्दा वाटोमै मृत्यू भएको जनाईएको छ । राती अन्दाजी १०ः३० वजेको सेरोफेरोमा दुर्घटना भएको हो । गाडी सडकवाट २०र२५ मिटर तल झरेको स्थानीय वासीको भनाई रहेको छ ।
स्थानीयका अनुसार मृतक के.सी केही दिन अगाडी मात्र बैदेसिक रोजगारीवाट नेपाल आएका थिए । दुर्घटना पश्चात अर्घाखाँची जिल्ला किमडाँडा स्थायी ठेगाना भएका चालक माधब मुखिया लाई इलाका प्रहरी कार्यालय धारापानीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी जवान वलवहादुर राउतले जानाकारी दिएका छन् ।
गाडीमा एक जना चालक र एक जना यात्रु मात्र रहेका थिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन र असुन्धान भईरहेको पनि राउतले जानकारी दिएका छन् ।