संक्रमणकालिन गन्तव्य

डिआरजी सुमन 
आज यो देशमा रगतले राष्ट्रको माटो मुछ्दै छ ।
सुरक्षाकर्मीको हत्याहुदा देशभक्त आँसु पुछ्दैछ ।।
कतै आज निषेधाज्ञा छ कतै वन्द हड़ताल पनी ।
देशै संकटमा पारी सक्यो आज संघीयता भनी ।।
दिन दहाडै गोली चल्छ सडक मै ज्वाला जल्छ ।
यो चालाले कुनै दिन राष्ट्रीयता नै पक्का ढल्छ ।।
संघीय गणतन्त्रको आउछ भन्दा नयाँ संविधान ।
कठिन भयो पत्रकार र पुलिसकै वचाउन ज्यान ।।
शान्तिपुर्ण आन्दोलनमा वच्चामै गोली ठोकिन्छ ।
खै राज्यमा अशान्तिको आँधी कहिले रोकिन्छ ।।
जनतालाई चाहीएको हो वा नेतालाई संघीयता ।
संकट मै पर्न थाल्यो यो नेपालमा मानवीयता ।।
बुद्धको देश नेपालमा अशान्तिले लियो वाँस । 
सोझा जनता आज भईरहेको छ दैनिक त्रास ।।
छाड अव वन्द हड़ताल वरु संविधान चाहिदैन ।
नेताको स्वार्थ पुरागर्न जनतामार्न अव पाईदैन ।।
जनताले चाहेको संविधान पक्कै आउने देखिएन । 
नेताको तँछाड मछाँड लडाईले नै अझै लेखिएन ।।
राष्ट्रमा अति भो नेतागीरी,छाड अव जनता मार्न ।
युवालाई वाध्य नवनाउ विदेशतीर वसाई सार्न ।। 
।।समाप्त।।