अर्घाखाँचीबासी नब गायक गोविन्द बिष्टको आधुनिक गीत सार्बजनिक
आश्विन २५ गते, २०७२ मा प्रकाशित
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको नुवाकोट -२ लम्चीका नब गायक गोविन्द बिष्टले आफ्नो दोस्रो आधुनिक गीत बजारमा ल्याएका छन् ।
आफ्नो पहिले गीत तिमीलाई खुशी पार्न सकिन बाट उनले संगीत क्षेत्रमा प्रबेश गरेका थिए । जुन गीतमा गोविन्द बिष्ट र सरीता पन्थिको स्वर रहेको थियो भने शब्द गोविन्द बिष्ट र संगीत दीपक श्रेष्ठको थियो ।
भर्खरै मात्र सार्वजनिक भएको मर्ने छैन तिमी बिनाबोलको गीतमा उनले मोडलिङ पनि गरेका छन् ।
गोविन्द बिष्टको शब्द, लिना राना मगरको स्वर तथा दीपक श्रेष्ठको संगीत रहेको गीतमा गोविन्द बिष्ट, प्रीया क्षेत्री, आश्मा पाण्डेको अभिनय रहेको छ भने उक्त गीतमा दीपेश डि. सीको छायाङ्कन तथा सम्पादन, योगेश शाक्यको सहायक छायाङ्कन, मनु श्रेष्ठको मेकउप रहेको छ भने उक्त गीतलाई गोविन्द बिष्ट र दीपक श्रेष्ठको निदेशक गरेका छन् ।
गोविन्द बिष्ट एक कलाकार मात्र नभई राम्रो गीतकार, मोडल र निर्देशक पनि आफ्नो गीतबाट बनिसकेका छन् । उनी भन्छन्, “सबैले मायामा धोका पाएमा मर्ने कुरा मात्र गर्छ तर मायामा धोका पाए पनि बाच्न सक्छु भन्ने कम छन् । त्यसैले मैले पनि मायामा मर्ने होईन बाचेर देखाहुनु पर्छ भने भाबको गीत लेखेको हु” उनले अर्घाखाँचीडट्कमलाई भने ।