युरोपेली संघका नेताहरु टर्कीसँग आप्रवासी समस्या समाधानका लागि सम्झौता गर्न तयार भएका छन् ।
बेल्जियमको राजधानी ब्रसेल्समा बसेको युरोपेली संघको बैठकले टर्कीसँग सम्झौता भएपछि आप्रवासी समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।
यस वर्ष करिब ६ लाख आप्रवासी समुद्री मार्ग हुँदै युरोप प्रवेश गरेका थिए । ती मध्ये अधिकांश टर्कीबाट ग्रिसको बाटो हुँदै गएका थिए ।
आप्रवासीको संख्या नियन्त्रण गर्न टर्कीले युरोपेली संघसँग माग राखेको थियो । टर्कीले आफ्नो मुलुकलाई तीन विलियन युरो सहयोग गर्नुपर्ने र टर्कीका नागरिकले चाहेको अवस्थामा युरोपेली मुलुकले सहज भिसा उपलब्ध गराउनुपर्ने माग गरेको थियो । (एजेन्सी)