नाइजेरियाको उत्तर पूर्वी शहरमा भएका शृंखलाबद्ध विस्फोटमा कयौंको मृत्यु भएको आशंका गरिएको छ । यद्यपी मृतकको संख्याबारे पुष्टि भएको छैन ।
नाइजेरियाको उत्तरपूर्वी मैडुगुडी शहरस्थित मस्जिदमा लगातार दुईवटा विस्फोट भएका छन् । मस्जिदमा नमाज पढिरहेका माझ भएको विस्फोटका कारण मस्जिद पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
विस्फोटको जिम्मा कसैले नलिए पनि आतंकवादी समूह बोको हरामले नै विस्फोट गराएको हुन सक्ने आशंका गरिएको छ । विस्फोटमा परी घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाए अनुसार आत्मघाती हमलाकारीले विस्फोट गराएका हुन् । (एजेन्सी)