कृष्ण परियार
सन्धिखर्क, अर्घाखाँची । स्थानीय शान्ति समिति अर्घाखाँचीको आयोजनामा विजय दशमीको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
चियापान कार्यक्रममा बोल्दै प्रमुखा जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सम्पूर्ण चाडपर्वको अवसरमा देशबासीहरुमा शुभकामना व्यक्त गर्दै चाडपर्वको अवसरमा कालो बजारी गर्ने जो कसैलाई पनि कानूनी दायरामा ल्याई कारबाही गर्ने बताउनु भएको छ ।
यस्तै कार्यक्रममा बोल्दै व्यक्तित्वहरुले सम्पूर्ण नेपालीहरुमा विजया दशमीले खुसीयाली छाओस भन्दै शुभकामना व्यक्त देशको समृद्धिका लागि सम्पूर्ण नेपालीहरु एक हुनुको विकल्प नभएको बताएका छन् ।
यसरी बोल्नेहरुमा नेपाली कांग्रेसका कमल भुसाल एमालका राम बहादुर चौहान एमाओवादीका छम कुमारी खनाल, रा.ज.मो. शेर बहादुर वि.सी राप्रपाका देवि बहादुर खड्का, राष्ट्रिय जनमुक्तिका इन्द्रबहादुर ज्ञलेङ्ग, शिक्षा शिक्षा अधिकारी सुरेन्द्र मरासिनी जिल्ल अस्पताल अर्घाखाँचीका प्रमुख डा. जगन्नाथ तिवारी, प्रेम नारायण गैरे लगायत रहनु भएको थियो ।
कार्यक्रम स्थानीय शान्ति समितिका संयोजक ठाकुर कुमार वि.क को अध्यक्षता, सचिवालय सदस्य भविश्वर पाण्डेको स्वागत मन्तव्य र नेपाल पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थीको सञ्चालनमा सम्पन्न भएको छ ।