अर्घाखाँची रिपोर्टर्स क्लब सबैको आर्कषणको केन्द्र बन्यो

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  ।  अर्घाखाँची रिपोर्टर्स क्लबका पछिल्ला कार्यक्रमले सबैको ध्यान तानेको छ । आम जनतासग सम्बन्धित सरोकारका विषयवस्तुले क्लवद्धारा सञ्चालित साक्षात्कार कार्यक्रम लोकप्रय बन्दै गएको छ । 

 



 

सञ्चालित राजनीतिक, आर्थिक, शैक्षिक, शिक्षा, स्वास्थ्य जनसरोकारका सवाललाई फेस टु फेस हुने कार्यक्रमले जनताको मन जित्न सफल भएको छ । पछिल्लो पटक कार्यक्रममा आफना विचार राख्न र सुन्न जानेको घुईचो नै हुने गरेको छ । धेरैले आफना सरोकारका विषयमा कार्यक्रम गरिदिन माग पनि गरेका छन । जिल्लामा क्रियाशिल सञ्चारकर्मी सहभागी क्लबको कार्यक्रम सबैको साझा मञ्च बनेको छ । शनिबार कर्मचारी मिलन केन्द्रमा भएको नेपालको संविधान कार्यान्यवन र चुनौती एवं विजयादशमीको शुभकामना आदान प्रदान कार्यक्रम ऐतिहासिक नै बन्यो । बस्ने कुर्ची भन्दा उपस्थित दोब्बर भएपछि भुईमै बसेका थिए । कार्यक्रममा नेपालको संविधानलाई कार्यन्यवन गर्न सबै दलका नेता मिलेर जानुपर्ने बेला आएको एक कार्यक्रमका सहभागीले बताएका छन । उनीहरुले संविधान बनेपछि देशले  आर्थिक प्रगति गर्नुपर्नेमा नेताहरुले ध्यान दिनुपर्ने बताएका छन । उनीहरुले मधेशको समस्या समाधान वार्ता र छलफलको माध्यमबाट समस्याको समाधान गर्नेुपर्ने बताएका छन । 

 



 

रिपोर्टर्स क्लवले आयोजना गरेको नेपालको संविधान कार्यन्यवन र चुनौती विषयक साक्षात्कार कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसालले संविधान जारी गर्नु नै ऐतिहासिक उपलब्धी भएकोले यसलाई कार्यन्यवन गर्न सबै मिलेर जानुको विकल्प नभएको बताउनुभयो । उनले मधेशमा भएको आन्दोलन र नाकाबन्दीले देशलाई हित नगर्ने भएकाले वार्ताको विकल्प नभएको बताउनुभयो । उनले राजेन्द्र महोतेले तराईका सोझा साझा जनतलाई उचालेर देशको विरुद्धमा काम गरको आरोप लगाउनुभयो । नेकपा एमालेका कावा अध्यक्ष जीवनारायण कोईरालाले केपी ओली प्रधानमन्त्री कालमा सबै समाधान हुने दावी गर्दै संविधान जारी हुनु जनताको माग अनुसार भएको बताउनुभयो । उनले काग्रेस, एमाले, एमाओवादी र मधेशवादी दल मिलेर देशमा शान्ति, विकासको बाटोमा जानुपर्ने बताउनुभयो ।



 एमाओवादी सचिव ठाकुर कुमार विकले अहिलेको संविधान नमुना संविधान भएको दावी गर्नुभयो । उनले ८० प्रतिशत जनप्रतिनिधिले बनाएको संविधानलाई राम्रो मानेर अगाडी बढनुपर्ने बताउनुभयो । उहाले संविधानका सबै क्षेत्रका समुदायको अधिकार समेटिएको बताउनुभयो । राप्रपाका अध्यक्ष देवीबहादुर खड्काले संविधान लागु गर्न ठुला दल बढी जिम्मेवारी हुनुपर्ने बताउनुभयो । कार्यक्रममा एमाले सचिव रामबहादुर चौहान, प्राध्यापक द्रोण भुसाल, उवासंघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, महासचिव नेत्रप्रसाद भुसाल, महिला नेतृ शान्ता भण्डारी, विजुला रायमाझी, एकल महिला अध्यक्ष खगिशवर बस्याल, बारका अध्यक्ष केवी भुसाल, अधिवक्ता विजय खत्री, पत्रकार महासंघका अध्यक्ष शोभाखर पंथी, नागरिक समाजका रामबहादुर रायमाझी लगायतका वक्ताले संविधानलाई सबै दल मिलेरै लागु गर्नुपर्ने र देशलाई अब आर्थिक क्रान्तिमा लैजानुपर्ने बताएका छन । 





नाकाबन्दीले असर



कार्यक्रममा प्रमुख जिल्ला अधिकार सुरेन्द्र पौडेलले तराईमा भैरहेको आन्दोलन र नाकाबन्दीले जिल्लामा समस्या परेको बताउनुभयो । उनले दैनिक उपभोग्य वस्तुको कमी भएकाले दसै तिहार जस्ता पर्वलाई अप्ठयारो देखिन सक्ने संभावना रहेको बताउनभयो । उनले तराईको समस्या राजनीतिक तबरबाट समाधान गर्नुपर्ने तर्क राख्नुभयो । 



स्वागत र सम्मान



रिपोर्टर्स क्लवले कार्यक्रममा जिल्लामा आएका नया कार्यलय प्रमख र सामाजिक क्षेत्रमा उत्कृष्ठ काम गर्नेलाई स्वागत तथा सम्मान गरेको छ । स्वागत तथा सम्मानित हुनेमा भर्खरै जिल्लामा आउनु भएकी स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतम, खानेपानी डिभिजन कार्यालय प्रमुख सुरज बम, कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत योगप्रसाद खरेल, जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्री, मालपोत कार्यालय प्रमुख लोककुमार कार्की र विशेष नापी कार्यालय प्रमुख मोहमद साविन हुसेन रहेका छन ।  

 



 

यसैबीच अर्घाखाची अस्पताललाई सुधार गर्नमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै अस्पताल विकास समितिका अध्यक्ष रामबहादुर चौहान सम्मानित भएका छन । कार्यक्रममा काग्रेस सचिव वासुदेव आचार्य, दलित संघका केन्द्रिय उपाध्यक्ष लोकेन्द्र विक, स्थानीय शान्ति समितिका पुर्व संयोजक विष्णु मुस्कान, करिब दुई सय सहभागी उपस्थित भएका थिए । कार्यक्रम क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, उपाध्यक्ष वीरेन्द्र केसीको स्वागत तथा विषयवस्तु प्रवेश र सचिव गणेश खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्लवका सदस्य जितेन्द्र खत्री, सरिता भुसाल, नविन केसी, रुद्रमणि भुसाल, सुरज रायमाझीले कार्यक्रम सम्पन्न गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।





सबैसग मिलेरै काम गर्छु: गौतम 



भर्खरै जिल्ला विकास समितिको स्थानीय विकास अधिकारीको रुपमा आएकी लक्ष्मी पाण्डे गौतमले जिल्लामा राजनीतिक दल, सञ्चारकर्मी सम्बन्धित सबै सरोकारवालसग समन्यवन गरेर जिल्लाको विकास प्रवद्धनमा आफु लागि पर्ने बताउनु भएको छ । २०६३ सालमा शाखा अधिकृतको रुपमा सरकारी सेवामा प्रवेश गर्नुभएकी पाण्डे त्यसको पाच वषमै सरकारको उपसचिव हुनुभयो । गौतमले देशको मुल कानुन संविधान भएकाले कानुनमा रहेर र सबै दल र सम्बन्धित क्षेत्रका प्रतिनिधिसग सहकार्य र सम्मन्यवनमा जिल्लाको विकासमा आफु लागिपर्ने बताउनुभयो ।

 

 

 

कार्यक्षेत्रमा चुस्त दुस्त र छिटो छरितो सेवा प्रवाह गर्न कुशल कर्मचारीको रुपमा परिचित पाण्डेले क्लबको कार्यक्रममा अर्घाखाची आफुले रोजेरै आएको बताउदै कार्यकाल सफल पार्न र विकासमा सहयोग गर्न अनुरोध गर्नुभयो । क्लवसगै महिला सञ्जाल, एकल महिला लगाायतले फुलमाला र अभिर लगाएर स्वागत गरेका थिए । लुम्बिनी अञ्चलमै पहिलो महिला एलडिओको रुपमा जिल्लामा आएको भन्दै महिला नेतृहरु खुसी भएका छन । 

अन्य समाचारहरु