अफगानिस्तानमा ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, कयौको मृत्‍यु

अफगानिस्तानमा सोमबार दिउँसो ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी जियोलोजिकल सर्भे (युएसजीएस)ले भूकम्पको केन्द्रबिन्दू जार्म सहरदेखि ४५ किलोमिटर दक्षिण पश्चिम पहाडी क्षेत्रमा जमिनदेखि २ सय १५ किलोमिटर गहिराइमा रहेको जनाएको छ ।
भूकम्पको असर भारत र पाकिस्तानका विभिन्न सहरमा परेको छ । भूकम्पको धक्का नेपालमा पनि महसुस भएको छ । भूकम्पले पाकिस्तानमा धेरै क्षति भएको जनाइएको छ ।
पाकिस्तानमा भूकम्पका कारण १६ जनाको तथा भारतमा दुईजनाको मृत्यु भएको प्रारम्भिक खबर छ ।
इस्लामावादमा करिब दुई मिनेटसम्म भवनहरु हल्लिएको जनाइएको छ । भूकम्पबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ । (एजेन्सी)