कोलम्बियामा विद्रोहीहरुले थापेको धरापमा परी १२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।
क्षेत्रीय चुनावको मतपत्र बोकेर गइरहेका सुरक्षाकर्मी विद्रोहीले थापेको धरापमा परेका हुन् । मारिनेमा ११ सैनिक र एकजना प्रहरी छन् । मतदानका लागि खटिएका अन्य ६ जना कर्मचारी हराइरहेका छन् ।
कोलम्बियाको दोस्रो ठूलो विद्रोही समूह नेसनल लिवरेसन आर्मी (इएलएन)ले आक्रमण गरेको कोलम्बियाका रक्षामन्त्री लुइस कार्लोसले जानकारी दिएका छन् ।
कोलम्बियामा अर्को विद्रोही समूह फार्क सँग भने सरकारले शान्ति वार्ता जारी राखेको छ । फार्कले इएलएनलाई पनि शान्ति वार्तामा सहभागी हुन आग्रह गर्दै आएको छ । (एजेन्सी)