धातिवाङ्गमा रुद्री पुजा तथा भजन कृतन सम्पन्न

घनश्याम पौडेल



धातिवाङ्ग, अर्घाखाँची । धातिवाङ्ग गाविसमा एक भव्य कार्यक्रमका बिच रुद्रि पुजा तथा भजन कृतन सम्पन्न भएको छ । 

 



 

दह कुटिश्वर शिवालय मन्दिरमा बाल पण्डितहरु शिवलाल पौडेल र रोशन पौडेलले गराउनुभएको पुजामा धातिवाङ्ग गाविस वासीहरुको उपस्थित रहेको थियो । हरेक बर्ष गरिने रुद्रि पुजा तथा भजन कृतन यो बर्ष दशैको अवसर पारेर गरिएको थियो । पुजा बाट संकलित रकम मन्दिरमा अवस्थित पौवा निर्माण कार्यमा लगाइने मन्दिर व्यावस्थापन समितिका अध्यक्ष नन्दराम पौडेलले बताउनुभयो । 

 



 

वि.स. २०५९ सालमा धातिवाङ्ग गाविस बाट रोजगारी का लागि भारत गएका व्यक्तीहरुले भारत आर्थिक सहयोग जुटाए्र र  धातिवाङ्गका स्थानिय जनताहरुवाट जनश्रमदान तथा आर्थिक लगानी गरेर उक्त मन्दिरको स्थापना २०६१ सालमा गरिएको थियो भने मन्दिर निर्माण क्षेत्र ५०९ वर्ग मिटर, मन्दिरको उचाई २५ फुट रहेको  मन्दिर व्यवस्थापन समितीका सचिव कृष्ण प्रसाद पौडेलले बताउनुभएको छ ।



उक्त मन्दिरमा हरेक वर्ष यस्ता कार्यक्रमहरु ग्रिदै आएको स्थानिय वुद्धिजिवी व्यक्तीव्व गोविन्द प्रसाद पौडेलले वताउनुभएको छ । 

अन्य समाचारहरु