चीनले दशकौँदेखि लागू भएको एक बच्चाको नीति हटाउने

चीनले दशकौँदेखि लागू भएको एक बच्चाको नीति हटाउने भएको छ।  सबै दम्पत्तीहरुले अब दुई सन्तान जन्माउन पाउने भएका छन्।
 
चिनियाँ समाचार एजेन्सी  सिन्ह्वा ले कम्युनिष्ट पार्टीलाई उद्धृत गर्दै अब सबै दम्पतीले दुई सन्तान जन्माउन पाउने जनाएको हो ।
 
चीनको बढ्दो जनसंख्या नियन्त्रणका लागि सन् १९७९ मा एक परिवार एक बच्चा नीति लागू गरिएको भएपनि जेष्ठ नागरिकको बढ्दो जनसंख्याले यो नियम परिवर्तन गर्नुपरेको चिनियाँ कम्युनिष्ट पार्टीले जनाएको छ।
 
एक बच्चा नीति सुरुवात भएपछि हालसम्म ४० करोड शीशुको जन्म रोकिएको समाचारमा उल्लेख छ।
 
यो नियम उल्लङ्घन गर्ने र गर्भपतन गराउन नमान्ने दम्पत्तीहरुलाई सजाय र जरिवानाको भागीदार बनाउनुका साथै जागिर छाड्न बाध्य पारिएको थियो। एजेन्सी