अर्घाखाँचीको सन्धिखर्कमा एवाइसी तिलक स्मृति रनिंगशिल्ड भलिबल प्रतीयोगीता सुरु

प्रेमनारायण आचार्य



सन्धिखर्क, अर्घाखाँची  । अर्घाखाँचीको सन्धिखर्कमा आज  शुक्रबार देखि गाविसस्तरीय एवाइसी तिलक स्मृति रनिंगशिल्ड भलिबल प्रतीयोगीता सुरु भएको छ ।

 



 

जिल्लाका बिभिन्न गाविस र सन्धिखर्क नगरपालिकाका केहि वाड गरि १८ टिमको सहभागीता रहेको भलिबल प्रतीयोगतिाको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सिद्धि प्रसाद भुसालले उद्घाटन गर्नुृ भयो । 



 उद्घाटन समारोहमा मन्तब्य राख्दै जिल्ला खेलकुद संघका अध्यक्ष सिद्धि प्रसाद भुसालले खेलको बिकास बिना देसका बिकास सम्भब नभएको बताउदै विश्वमा नेपाललाई चिनाउनका लागि खेलकुदनै प्रमुख आधार रहेको बताउनु भयो । खेलले युबाहरुलाइृ अनुशासन र लगनसिलता सिकाउनुका साथै युबाहरुलाइृ कुलत र दुब्र्यसनीबाट जोगाउन पनि खेलकुदले प्रमुख भुमिका राख्ने बताउनु भयो । उहाले जिल्लामा गाविस स्तरीय खेल राखेकामा आयोजक अर्घाखाँची युबा परिसदलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।  

 



 

सन्धिखर्कको चुत्राबेसीमा रहेको युबाहरुको समुह अर्घाखाँची युबा परिसदले परिसदका सस्थापक तिलक खत्रीको स्मृतीमा गाविसस्तरीय एवाइसी तिलक स्मृति रनिंगशिल्ड भलिबल प्रतीयोगीताको आयोजना गरेको हो । 



भलिबल खेलमा लगातार तीन पटक बिजय हुने टिमलाई रनिंगशिल्ड र नगद एकलाख प्राप्त गर्नेछ । भने अहिलेको प्रतीयोगीतामा प्रथम द्धितीय र तृतीय हुने समुहलाई  तीस हजार , बीस हजार र दस हजार नगदको साथमा   शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने अर्घाखाँची युबा परिसदका सदस्य प्रकाश भुसालले बताउनु भयो  ।

 



 

उद्घाटन समारोहमा प्रहरी नायब उपरिक्षक कमल प्रसाद खरेल, नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, एमालेका जिल्ला सचिब रामबहादुर चौहान,उमाओबादीका जिल्ला सचिब ठाकुर बिक, राजमोका गोपाल पौडेल, राप्रपाका जिल्ला अध्यक्ष देबीबहादुर खड्का, पत्रकार महासंघका जिल्ला अध्यक्ष सोभाखर पन्थी लगयतको उपस्थिति रहेको थियो । 

 



 

उद्घाटन समारोह अर्घाखाँची युबा परिसदका अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षता, महासचिब धर्मराज भुसालको सञ्चालन र केसब घिमिरेको स्वागत मन्तब्यमा सम्पन्न भएको हो । 



आजको खेलमा धारापानी, जुकेना र सितापुर गाविसको  पहिलो जीत



 अर्घाखाँचीको सन्धिखर्कमा आज  शुक्रबार देखि सुरु भएको गाविसस्तरीय एवाइसी तिलक स्मृति रनिंगशिल्ड भलिबल प्रतीयोगीतामा धारापानी, जुकेना र सितापुर गाविसले आफ्नो पहिलो जीत हासिल गरेका छन । 

 



 

आज भएको पहिलो खेलमा धारापानी ले ढाकाबांगलाई , जुकेनाले ठाडालालाई र सितापुरले सन्धिखर्क ९ लाई सोझो सेटमा हराएका हुन । 



भोलि बिहान ७ बजे पहिलो खेल सुवर्णखाल र असुरकोट गाविस बिच हुने आयोजकले जनाएको छ । 

 

अन्य समाचारहरु