मसाल निकट अखिल नेपाल किसान संघ जिल्ला भेला सन्धिखर्कमा सम्पन्न

गोपाल प्रसाद भट्टराई



सन्धिखर्क, अर्घाखाँची । नेकपा मसाल (राष्ट्रिय जनमोर्चा) निकटको अखिल नेपाल किसान संघ अर्घाखाँचीको जिल्ला भेला नयाँ नेतृत्व चयन गर्दै शनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । 

 



 

अखिल नेपाल किसान संघका केन्द्रीय महासचिव हिमलाल पुरीले भेलाको उद्घाटन गर्दै किसानहरुले आफ्नो खेति प्रणालीलाई व्यावसायिक बनाउनुपर्ने भन्दैै पुँजीवादी राष्ट्रहरुले किसानहरुलाई बिउ-विजनमा परनिर्भर बनाउन खोजेकाले यसको अन्त्यको लागी सम्पूर्ण किसानहरु एकढिक्का हुनुपर्नेमा जोड दिनुभएको छ ।



भेलाले जीवनारायण खनालको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल किसान संघ जिल्ला समिति अर्घाखाँचीको गठन गरेको छ ।



जसको उपाध्यक्ष गणेश बन्जाडे,सचिव भिमलाल आचार्य र कोषाध्यक्षमा तिलक भुसाल र्निबिरोध निर्वाचित हुनु भएको छ । जिल्ला समितिको पूर्ण सदस्यहरुमा देवी प्रसाद भुसाल, रुमलाल चुदाली, गोपाल खनाल, मधु के.सी र दुर्गा बन्जाडे निर्वाचित हुनुभएको छ भने दुई पूर्ण सदस्यको स्थान रिक्त राखिएको अखिल नेपाल किसान संघ अर्घाखाँचीले जानकारी दिएको छ । 

 

नव गठित जिल्ला समितिको बैकल्पिक सदस्यहरुमा रामचन्द्र भुसाल, नेत्र नगरकोटी, राम प्रसाद पोखरेल पनि र्निबिरोध चयन हुनुभएको छ ।



उक्त भेलाले सागर के.सी.,चन्द्र प्रसाद बन्जाडे, दिलदार हुसेन, कृष्ण पन्थी, पुष्कर बन्जाडे, पशुपति ढकाल, यमलाल आचार्य, सिद्धी भट्टराई र देव बहादुर राउत रहेको ९ सदस्यीय सल्लाहकार समितिको समेत गठन गरेको छ ।



गणेश बन्जाडेको अध्यक्षता, मधु के.सी.को सञ्चालन र देवी प्रसाद भुसालको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रममा नवनिर्वाचित कार्यसमितिको सफल कार्यकालको शुभकामना मन्तव्य राख्दै भेलाका प्रमुख अतिथी केन्द्रीय महासचिव हिमलाल पुरी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झविलाल थापा र नेकपा (मसाल)का जिल्ला प्रवक्ता थम्मन के.सी.ले बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको थियो । 

 

अन्य समाचारहरु