गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । रजत महोत्सव २०७२ मनाउन लागीरहेको अर्घाखाँची आवासीय उच्च माध्यामिक विद्यालयले शुक्रवारदेखि मा.वि.स्तरीय विभिन्न खेल प्रतियोगिता संचालन गरेको छ ।
पच्चिसौ वर्षगाँठको अवसरमा रजत महोत्सवको तयारीमा रहेको विद्यालयले शुक्रवार सन्धिखर्क नगरपालिकामा रहेका मा.वि. स्तरीय अन्तर मा.वि. छात्र-छात्रा भलिवल प्रतियोगिता सम्पन्न गरेको छ । छात्रतर्फ सात र छात्रा तर्फ ६ विद्यालयको सहभागिता रहेको भलिवल प्रतियोगितामा शुक्रवारे भएको छात्रछात्रा खेलमा सन्धिखर्क ग्रिन इङ्गलिस वोर्डिंङ् स्कूल र गौरीशंकर इङ्गलिस वोर्डिंङ् स्कूल सन्धिखर्क फाइनल चरणमा प्रवेश गरेका छन् । तेस्रो स्थानका लागि शनिवार भएको प्रतिस्पर्धामा छात्रतर्फ युवावर्ष जनता रविचित्र उच्च मावि हटारी र छात्रातर्फ आयोजक अर्घाखाँची आवासिय उच्च मावि चुत्रावेसी छनोट भएका छन् भलिवल प्रतियोगिताको फाइनल प्रतिस्पर्धा कार्तिक २० गते अर्घाखाँची जिल्लाका अन्डर नाइन्टिन राष्ट्रिय क्रिकेट खेलाडी सौरभ खनालको बिशेष उपस्थितिमा हुने भएको उ.मा.वि.का प्रिन्सिपल श्रीकृष्ण भूसालले बताउनुभएको छ ।
यसैगरी शुक्रवार नै मा.वि.स्तरीय खुल्ला निबन्ध प्रतियोगिता समेत सम्पन्न भएको छ । उक्त निवन्ध प्रतियोगितामा आठ विद्यालयको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । त्यसैगरी उमाविले आइतवारदेखी जिल्लामा मा.वि स्तरीय खुल्ला हाजिरीजवाफ प्रतियोगिताको छनोट चरणको कार्यक्रम संचालन गर्ने बताएको छ । विद्यालयले कार्तिक २०, २१ र २२ गते विविध कार्यक्रमका विच भव्य समारोहका साथ मनाउदै रजत महोत्सबको समापन गर्ने तयारी गरेको छ ।
तस्बिर: श्रीकृष्ण भुसाल/फेसबूकबाट