तिलक स्मृति रनिङ्ग सिल्ड गाविस स्तरिय खुल्ला भलिवल प्रतियोगिता सम्पन्न, प्रथम पुरस्कार हंसपुरलाई (फोटो फिचर)

गोपाल प्रसाद भट्टराई



सन्धिखर्क, अर्घाखाँची । जिल्ला सदरमुकाम सन्धिखर्क २ मा अवस्थित २०६२ सालमा स्थापना भएको अर्घाखाँची यूवा परिषदका संस्थापक अध्यक्ष स्व. तिलक खत्रीको सम्झनामा कार्तिक १३ गते बाट सन्धिखर्कको टुडिखेलमा संचालन भएको गा.वि.स. स्तरिय तिलक स्मृति रनिङ्ग सिल्ड खुल्ला भलिवल प्रतियोगिताको आइतवार भएको फाइनल खेलमा धारापानी गा.वि.स.लाई पराजित गर्दै प्रथम पुरस्कार हंसपुरले हात पारेको छ । 

 



 

जिल्लाका विभिन्न गा.वि.स. र सन्धिखर्क नगरपालीकाका विभिन्न वडाहरुबाट १८ समुहले प्रतिस्प्रधा गरेको भलिवल प्रतियोगिताबाट धारापानी गा.वि.स. दोस्रो र जलुके गा.वि.स.लाई पराजित गर्दै जुकेना गा.वि.स. तेस्रो भएका छन् ।

 



 

यूवाहरुको एकता समाज सुधारमा अग्रसरता भन्ने नाराका साथ स्थापीत यूवा परिषदले समाज परिवर्तनका क्षेत्रमा काम गर्नुको साथै जिल्लालाई खेलकुदको क्षेत्रमा अगाडी वढाउन स्थापना काल देखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको छ ।

 



 

अर्घाखाँचीमा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध सन्धिखर्क २ मा रहेका यूवाहरुलाई समाजसेवामा अग्रसर वनाउने ध्ययका साथ स्थापित अर्घाखाँची यूवा परिषदको आयोजनामा सुरु भएको भलिवल प्रतियोगितामा जिल्लाका सबै गा.वि.स.हरुलाई भाग लिन गा.वि.स.सचिबहरुमार्फत निमन्त्रणा गरिएको भएपनी जिल्लाका केही गा.वि.स. र सन्धिखर्क नगरपालीकाका विभिन्न वडाहरुबाट मात्र १८ समुहले भाग लिएका थिए । 

 



 

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय  स्थान हासिल गर्ने समुहले क्रमस. ३० हजार , २० हजार र १० हजार नगद र सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गा.वि.स. स्तरिय तिलक स्मृति रनिङ्ग सिल्ड खुल्ला भलिवल प्रतियोगिता बाट लगातार ३ वर्ष सम्म प्रथम स्थान हासिल गर्ने समुहले नगद एक लाखको साथमा सिल्ड आफ्नो कव्जामा पार्न सक्ने अर्घाखाँची युवा परिषदले जानाकारी दिएको छ । 

 



 

कार्तिक १३ गते भएको प्रतियोतिताको पहिलो चरणको खेलमा धारापानी गा.वि.स.ले ढाकावाङ्गलाई पराजीत गरेको थियो भने दोस्रो खेलमा ठाडा गा.वि.स.लाई जुकेना गा.वि.स.ले हरायको थियो । तेस्रो खेलमा सितापुरले सन्धिखर्क ९ खाँचीकोटलाई पराजित गरेको छ । यस्तै शनिवार भएका पहिलो चरणका खेलमा सुवर्णखाल गा.वि.स.ले असुरकोट , जलुके गा.वि.स.ले स.न.पा.१,हसंपुरले स.न.पा.२ मरेङ्गले स.न.पा.१५ र पणेनाले गोखुङ्गा लाई पराजित गरी जित आफ्नो पक्षमा दर्ता गराएका थिए ।

 



 

प्रतियोगिताको दोस्रो चरणको खेलमा स.न.पा १३ लाई हराउदै धारापानी विजयी भएको थियो । यस्तै सनपा १४ लाई जुकेना गा.वि.स.ले ,मरेङ्ग गा.वि.स.लाई जलुके गा.वि.स.ले, पणेना गा.वि.स.लाई हसंपुर गा.वि.स.ले र सितापुर गा.वि.स.लाई धारापानी गा.वि.स.ले र सुवर्णखाल गा.वि.स.लाई  जकेना गा.वि.स.ले पराजित गर्दै जित हात पारेका थिए ।

 



 

तिलक स्मृति रनिङ्ग सिल्ड खुल्ला भलिवल प्रतियोगिता कार्यक्रमको संचालन २०७२ को बैशाख महिनामै गर्ने योजना रहेको भएपनी बैशाख १२ गते आएको विनाशकारी भू-कम्पका कारण कार्तिकमा सम्पन्न गरीएको जानकारी दिँदै अर्घाखाँची यूवा परिषदका जिल्ला अध्यक्ष कृष्ण प्रसाद भुसालले आगामी बर्षहुने तिलक स्मृति रनिङ्ग सिल्ड खुल्ला भलिवल प्रतियोगिता हरेक बर्षको दशैँ पछि र तिहार अगाडी संचालन गरीने बताउनुभयो ।

 













 

तस्बिर स्रोत: अर्घाखाँची यूवा परिषद

अन्य समाचारहरु