अर्घाखाँची आवासिय उच्च मावीको रजत महोत्सबको उपलक्ष्यमा रक्तदान तथा पूर्वविधार्थी भेला काठमाडौंमा सम्पन्न

काठमाडौं / सन्धिखर्क । अर्घाखाँची आवासिय उच्च मावीको रजत महोत्सबको उपलक्ष्यमा रक्तदान तथा पूर्वविधार्थी भेला काठमाडौंमा सम्पन्न भएको छ । 

 



 

अर्घाखाँची शैक्षिक गुठीको एक कार्यक्रमको रुपमा संस्थाले संचालन गर्दै आएको अर्घाखाँची आवासीय उच्च माध्यमिक विद्यालयले (Arghakhanchi Higher Secondary Boarding School) आफ्नो रजत बर्ष २०७२  को पावन उपलक्ष्यमा उक्त स्कुलका पूर्वविधार्थीहरुबाट रक्तदान तथा पूर्वबिध्यार्थी भेला गत शनिबार आर्यन स्कुल अफ ईन्जिनियरिङमा एक समारोहका बिच सम्पन्न हो । 



सिमित स्रोत साधनका बिच २५ बर्ष अघी स्थापित उक्त स्कुलमा आज प्राथमिक देखि देखि स्नाकोत्तर सम्मको पठन पाठन हुनुका साथै उक्त स्कुल भब्य शैक्षिक पूर्वधार, सर्ब सुलब र गुणस्तरीय शिक्षाको निम्ती हजारै बिध्यार्थीहरुको शैक्षिक गन्तब्य बनेको छ । स्थापना देखि यती लामो यात्रा सम्पन्न गर्दै सफलताका उचाई छुदै गएको उक्त स्कूल एक नमुनाको रुपमा अघी बढ्दै गएको उक्त कार्यक्रममा उपस्तित स्कुलका संस्थापक राम प्रसाद बेल्बासेले बताउनु भयो । यसका साथै उक्त स्कुलले अर्घाखाँची जिल्लामा जिल्लाब्यापी हाजिरी जवाफ प्रतियोगीता, निवन्द प्रतियोगीता तथा भलिबल प्रतियोगीताको आयोजना गरेको अर्का संस्थापक राज मुकुट भुसालले बताउनु भयो ।



स्कुलका पूर्व बिध्यार्थीहरुको अल्मुनी संस्थाले आयोजना गरेको उक्त कार्यक्रम रजत बर्षको शुभकामना आदन प्रदानको साथै रक्त संचार केन्द्रमा हालको चरम अभावालाई मध्यनजर गर्दै उक्त अभावलाई केही हद सम्म भए पनि कम गर्न योगदान पुर्याउने उदेश्यले आयोजना गरिएको र कार्यक्रम सम्पूर्ण ब्यबस्थापन आर्यन स्कुलले गरेको पूर्व बिध्यार्थीहरुको अल्मुनी संस्थाका अध्यक्ष तथा आर्यन स्कुल अफ ईन्जिनियरिङका प्रिन्सिपल ई. बिकास पोख्रेलले हामीलाई बताउनु भयो ।



कार्यक्रममा पूर्व बिध्यार्थी, स्कुल संस्थापक, शुभचिन्तक, पत्रकारगरी सयौको सहभागीता थियो भने कुल ३६ जना दाताहरुबाट नेपाल रेड क्रस सोसाईटीका प्रतिनिधिहरुले रगत संकलन गरेका थिए । स्कुलको रजत महोत्सबको समापन कार्यक्रम उपप्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीको प्रमुख आथित्यमा यही कार्तिक २२ गते अर्घाखाँचीमा सम्पन्न हुँदैछ ।

 

Bikash Pokhrel in Kathmandu contributed to this report.

अन्य समाचारहरु