टर्कीको सत्ताधारी जस्टिस एन्ड डेभलपमेन्ट पार्टी (एकेपी)ले संसदीय चुनावमा जित हासिल गरेको छ ।
निर्वाचनमा एकेपीले ४९.४ प्रतिशत मत प्राप्त गरेको छ । मूख्य विपक्षी दल सीएचपीले २५.४ प्रतिशत मत प्राप्त गरेको छ ।
प्रधानमन्त्री अहमद दावुतोगलुले चुनावी नतिजालाई लोकतन्त्रको जित भएको बताएका छन् ।
कुर्दिसको समर्थन गर्ने दल एचडीपीले १० प्रतिशत मत प्राप्त गरेको छ ।
राष्ट्रवादीहरुको दल एमएचपी पनि अंकारामा विजयी भएको छ । सरकार गठनका लागि आवश्यक २७६ सिट चाहिनेमा एकेपीले ३१६ सिट प्राप्त गरेको हो ।
मूख्य विपक्षी दल सीएचपीले १३४, एचडीपीले ५९ र एमएचपीले ४१ सिट प्राप्त गरेका छन् । टर्कीमा ५ महिनाभित्र दोस्रो पटक चुनाव भएको हो ।
गत जुनमा भएको चुनावपछि गठबन्धन सरकार बनाउन असफल भएका राष्ट्रपति एर्दोआनले आफ्नो पार्टीले बहुमत पाए स्थिर सरकार बनाउने घोषणा गरेका थिए । (एजेन्सी)