डिआरजी सुमन
भारतवाट पाकिस्तान,पाकिस्थावाट वंगलादेश छुट्न सक्छ भने नेपालवाट मधेश किन अलग हुन सक्दैन भन्नेहरु मधेशी हैनन् यी सव देशदोह्री हुन । सच्चा मधेशीहरु त ती हुन जसले विभिन्न तराईका सिमा नाकामा भारतीय सैनिकहरुले विभिन्न लोभ लालच देखाउदा वा धम्कि दिदा पनी भारतीय हौ भन्न मानेका छैनन् । मधेशीहरु ती हुन जो भारतीय सेनामा भर्ती सवैको लागी खुला हुदा समेत आज सम्म एकजना समेत भर्ती भएनन् । सच्चा राष्ट्रभक्त मधेशी ती हुन जसले दिनरात खेतमा मेहनत गरेर सिंगो नेपालको अन्नदाताको रुपमा काम गरे विनोद चौधरी दस्ता नायक वनेर विश्वमै नेपालको उच्च शीर वनाए । तसर्थ म समग्र मधेशीमाथी नै राष्ट्रघाती भन्नेहरुलाई यो चेतना दिन चाहान्छु कि मधेशीमा देश टुक्राउने खेलमा लागेको कप्तान सिके राउत,पहाड़ी महीला वेश्या हुन भन्ने सरिता गीरी मात्र नभई विनोद चौधरी र लालवावु पण्डित जस्ता व्याक्ती समेत भएको हुदा २/४ जना विदेशी दलालका एजेण्टको उत्साहटमा भएको नौटंकी नाकावन्दीको आन्दोलनमा आएका विदेशी दलाली ठेकेदारलाई वार्ता हैन गोली ठोकी सच्चा मधेशीको माँग पुराउने हैसियत केपी ओली सरकारले गर्न सक्नु पर्छ ।
छिमेकी मुलुक भारतले अघोषित रुपमा गरेको नाकाबन्दीको कारण सर्वसाधारण नेपालीको दैनिकी संकटमा परेको छ । सामान्यतः दैनिक उपयोग हुने अपरिहार्य वस्तु जस्तै खाना पकाउने ग्यास देखी सवारी साधनमा ईन्धन हुदै उद्योग कारख़ानामा समेत नाकावन्दीको प्रभाव परेको छ । मुलुकको अस्थिर राजनीति र छिमेकीको वढी विस्वास गर्ने परम्परा कै कारण मुलुक यसरी संकटमा परेको निश्चित हो । विश्व सर्वहारावादी नायकहरुको पनी विदेश नितीवारे खासै ज्ञान भएको पाईदैन । आफुले कती कुरा छिमेकीलाई दिन मिल्ने,कती कुरा परिवारमा भन्न मिल्ने,कती कुरा कसैसँग पनी गर्न नहुने भन्ने विषयमा नेपाली नेतामा कहिले ज्ञान नरहेको कारण छिमेकीले कहिले कुन त कहिले कुन व्याक्तीलाई प्रयोग गरी नेपाललाई हस्तक्षेप गरी रहेको इतिहास नै रहयो ।
सरकार र सत्तामा पुग्न तँछाड र म छाड गर्ने सत्ताभोगी नेताको राष्ट्रीयता र जनताप्रतिको वफ़ादारी कहिले निभाएको पाईएन । सत्तामा लुप्त रहन पल्किएका शुको सत्तामा पुग्ने सपनामा रहदा रातरात आफ्नै परिवारवाट नांगिएको पत्ता पाएनन् । दोस्रो संविधानसभावाट संविधान वनाई जनतावाट सम्मान पाईसकेको अवस्था र सिर्स दलको उच्च स्तरीय निर्णायमा ईज्जतको साथ पाएको राष्ट्रपतिको गरिमामय पत विदेशी प्रभुको ईसारामा के कै नै प्रजातन्त्र मान्ने नौटंकिमा प्रधानमंत्रीका उम्मेदवार वनेको कम्युनिस्ट गठबन्धनले लुप्पा मात्र खुवाएन राष्ट्रका सम्पुर्ण सिर्स पदवाट नै वाहिर हुन वाध्य वनायो । यो समयमा कांग्रेसलाई वास्तविक संकट परेकै छ एकातीर संगठन अवैधानिक हुदै गर्दा महाधिवेशन गर्ने रन्को छ अर्कोतीर आफ्नै नेतृत्वमा वनेको संविधान कसरी लागु गराउने,विपक्षमा वसेता पनी संविधानको विषयमा अनदेखी गर्नु भनेको इतिहास लेखेर जलाएर फाले जस्तै हो । यता खुमवहादुर जस्ता सयौ छन्दभेदी केन्द्र देखी स्थानिय तह सम्म फैलाएँको छ । पार्टी केन्द्रमा गगनथापा चन्द्र भण्डारी जस्ता नेताले केन्द्रिय समिती र सभापतीमाथी नै विदेशी जालसाज़ भएको अभिव्यक्ति दिन पछी परेकै छैनन् । बाघ र वाख्रो एकै स्थानमा भए के वच्ने यो प्रश्न सोचनीय छ जस्तै माओवादी आन्दोलनमा प्रचण्डको टाउकोमै मूल्य तोक्ने राजाका मन्त्री कमल थापा कम्युनिस्ट संगठनको सरकारमा के कती स्वार्थ लिएर पुगेका छन । ज्ञानेन्द्र निटक थापावाट भोली सरकार र गठबन्धनमा हुन सक्ने षड्यन्त्रवारे यो सरकार कती सजग छ वुझ्न आवस्यक छ ।
कम्युनिस्टहरुको गठबन्धनले वनाएको सरकारलाई दवाव वढी रहदा माओवादी युद्धका सैनिक नायक उप राष्ट्रपति,कट्टर कम्युनिस्ट मदन भण्डारी पत्नी राष्ट्रपति भईरहदा दासढुंगा हत्याकाण्ड र दशवर्षे जनयुद्धको समयमा सत्र हज़ार मरेका,लाखौ अंगभंग भएका र हजारौ वेपत्ता घर परिवारलाई चित्त वुझ्दो जवाफको नेपाली जनता अपेक्षा गरी रहेका हुदा सायद यी घटनाको सत्य तथ्य वाहिर आई उपयुक्त निकास आएको खण्डमा मात्र राष्ट्रपति र उपराष्ट्रपतिको सम्मान हुने छ । यता मधेश आन्दोलन,भारतीय नाकाबन्दीका कारण मुलुकमा भएको संकट समाधान चीनसँगको नयाँ सम्वन्ध ठिक वाँ भारतसँगै समवन्ध विस्तार केपी ओली नेतृत्व सरकारलाई अग्नि परिक्षा नै हो ।
यो समय सच्चा राष्ट्रभक्त मधेशीलाई सम्मान गरी जायज माँग वार्तावाट पुरा गरी भारतप्रस्त देशद्रोहीलाई गोली ठोक्ने अधिकार राष्ट्रपति वाटै हुन नसकेको खण्डमा मुलुक ठुलो संकटम पर्ने निश्चित छ । यतीवेला जसरी पनी सवै राष्ट्रको हित चाहने नेपालमा रहेका गैह्व सरकारी संघसस्था हेल्प नेपाल,एनआरएन सहित विभिन्न संघसस्थाको एकताको साथ मुलुकमा विद्यमान समस्या निराकरणको वातावरण वनाउन नसकेको खण्डमा पुरातनवादी कुनै पनी नेपाली राजनितीक दलले मुलुकमा निकास दिन नसक्ने निश्चित नै छ यसको उदाहरण ८३ दिन देखी तराई तातीरहुनु,एसएसपीलाई ज्युदै जलाउनु,भारतीय सिमामा वसेर नेपाली सुरक्षाकर्मीलाई निसाना वनाउनु,मुलुकमा आर्थिक नाकाबन्दी हुदा जनतालाई आदेश दिन नसक्नु,सत्ता लिप्त दल देश र जनताको समस्या समाधानमा चाँसो देखाउन नसक्नु,आपराधिलाई प्रश्रय दिदै भूकम्प पीड़ित खुला आकाशमुनी चिसो हाँवामा रहदा हज़ार दिन नसक्ने सरकार करोड़पति खुम वहादुर खड्का जस्ता व्याक्तीलाई राष्ट्रीय धन विनियोजन गर्नु नै हो ।
अन्त्यमा यदी सच्चा नेपाली सदैव नेपालको सम्मान गर्न सक्ने हैसियत राखी नेपाली भई गर्व गरीरहनु छ भने सरकार र कुनै दलको आडमा वा पुरानो सरिरमा नयाँ खोल लगाई जवानी देखाउने नयाँ शक्तीकै नाममा हैन सच्चा नेपालीको धर्मनिभाउन जरुरी छ । यो समयमा पुर्व प्रधानमंत्री बावुराम भट्टराईले गठन गर्न लागेको नयाँ शक्ति वावुरामलाई अध्यक्ष पद दिनमा सफल होला अथवा पद नपाएका केही अन्य नेतालाई अध्यक्ष वनेर मन्चमा भाषण गर्ने अवसर मिलेता पनी मुलुकको नजरमा वावुराम माओवादी नेता नै हो मुलुकका अस्थिरता क़ायम राखी ज़िम्मेवारीवाट वाहिरीने असफल धोकेवाज नेपाली नेतृत्वकर्ता भईसकेको हुदा अव उनले कसरी जनतालाई विस्वास दिलाउन सक्लान यो हेर्ने वाँकी नै छ तर जे भएता आउने समयमा वावुराम पनी नयाँ संगठन वनाउन गएर सेर वहादुर देउवा,उपेन्द्र यादव,मोहन वैद्य,सिपी मैनाली,मातृका यादव,नेत्र विक्रम चन्द जस्तो भई विचलित हुन नपरोस किनकी अन्य सवै नपढेकै कारण असफल भए अव हेर्न वाँकी छ कि विभिन्न विषयमा पिएचडी गरेको व्याक्तीको औक़ात कस्तो छ । नेपालमा जव सम्म पत्रकारको नाममा कुनैपनी संगठनको प्रवक्तागीरी र कर्मचारीले नेताको चाकडी गर्न छाड्दैनन् , राजनितीक नेता कहिले कता कहिले कता पोईल जाने वेश्यावृतीमा आधारित झुटा भाषणबाज़ी र गुण्डागर्दीमै सिमित रहने नै हो भने नेपाल शव्द विलय गरी अप्रवासी वन्नुको कुनैपनी विकल्प नरहने निश्चित छ ।
( लेखक अर्घाखाँची डटकम क्राइम व्युरो प्रमुख हुन ।