सन्धिखर्कको किमडाँडामा घरायसी खाद्यान्न उत्पादन सम्वन्धी दुई दिने तालिम सुरु

घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची ।  घरायसी खाद्यान्न उत्पादन सम्वन्धी दुुुई दिने तालिम अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालीका वडा नं. १० किमडाँडामा शुक्रबारदेखी सुरु भएको छ । 
वर्षेभरी हरिया र पहेला रङ्गका तरकारी र फलफुल उब्जाऔ आफु खाऔ र वच्चालाई पनी खुवाऔ भन्ने उद्देश्यले तालीमको सुरु गरिएको हो । 
   
  तलिममा लुम्विनी सामाजिक विकास केन्द्रका प्रशासन तथा लेखा सहायक गिता वन्जाडे, चितवन मेडिकल क्लेजवाट सुआहारा कार्यक्रमका आउनुभएका प्रशिक्षार्थीहरु मौसम श्रेष्ठ , निषेध पाण्डे, सन्जीव शाह लगाएतको उपस्थिती रहेकाने थियो । 
   
 २ दिन सम्म चल्ने तालिममा तालिम अधिकृत भगवता पौडेलले दिनुहुने तालिममा महिला स्वास्थ्य स्वंयमसेविका, ग्रामिण नमुना कृषक, सुनौला हजार दिनका महिलाहरुले तालिम लिनु  हुने वताईएको छ । 
  
 अर्घाखाँची जिल्लामा सुआहारा कार्यक्रम लुम्विनी सामाजिक विकास केन्द्रले सहजीकरण गरिहेको छ । 

अन्य समाचारहरु