डिल्लीराज घिमिरे
पहाडको चिसो हावा कति मिठो है पानी ।
विस्व भरी भए पनी अर्घाखाची हो जानी ।।
प्रकृती र सुन्दरताले भरीएको कति राम्रो ।
प्राण भन्दा प्यारों लाग्छ अर्घाखाची हाम्रो ।।
अर्घातोष,पणेना,गोखुंगा,सिंलेनकोपाखाँमा ।
धन्चौरको झरना घुमीरहन्छ मेरो आँखामा ।।
सिमलपानीको गर्मी खाँचीको चिसो वतास ।
भारत,क़तार चिली पुगे पनी गाउकै हतास ।।
प्रकृतिमा भरीपुर्ण भण्डार जलस्रोतमाधनी ।
आफ्नै पाखापखेरामा रहन आउदै छु मनी ।।
झरना,पहाड़,गुफ़ाहरु सगै हरियाली वन ।
जहा जाउ जे नै गरू अर्घाखाचीमै छ मन ।।
( प्रिय पाठक मेरो यो रचना पढ्ने समय दिनुभएकोमा धन्यवाद,साहित्यनुरागी अर्घाखाँची भ्वाँईस डिल्लीराज
घिमिरेको रचना संग्रह “मेरो अर्घाखाँची”भाग छ पढ्न र आफ्नो अमुल्य प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद )