डिल्लीराज घिमिरे
ठाडा देखी पावर सम्म वग्ने नदी गंगा ।
प्रकृतिको सुन्दरता मा अर्घाखाँची दंग ।।
एकै स्थान पटौटीको दुवै दिशा खोला ।
उत्तर वग्ने दुर्गा नाम दक्षिण गंगा होला ।।
सितखोला नरपानी र वागीदेखी खाँची ।
प्रकृतिमै रमाउछौँ हाम्रो जिल्ला वासीँ ।।
पुर्वी पट्टी पणेना,चिदीका,वल्कोट ,खन ।
देशविदेश जहाँ रहेतापनी जिल्लामै छ मन ।।
सुवर्णखाल सिमा संगै दक्षिण सिमलपानी ।
सिद्दराको सीमासकि दाङ भालुवाङ जाने ।।
गोखुंगा,ढाकावाङले पस्चिमसीमा मेटाउने ।
जलुकेको फाँट संगै राप्ती नदी भेटाउने ।।
नरपानीको समथर छ तल सुपादेउराली ।
शारदा मावी ढिकुरा,कमला मा.वी पाली ।।
उच्च सिर घेरालेख समथर वाँगी गाँउ ।
ऐतिहाँसीक अर्घादरवार आजै घुम्न जाउँ ।।
( प्रिय पाठक मेरो यो रचना पढ्ने समय दिनुभएकोमा धन्यवाद,साहित्यनुरागी अर्घाखाँची भ्वाँईस डिल्लीराज
घिमिरेको रचना संग्रह “मेरो अर्घाखाँची”भाग दश पढ्न र आफ्नो अमुल्य प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद )