मेरो अर्घाखाँची भाग १०

डिल्लीराज घिमिरे

जताततै हरीयाली कती सुन्दर वनपाखा ।
गाँउवस्ती जताततै लोक संगीतका भाका ।।
पहाड़मा,खाँचीकोट,नरपानी र कालीकाठी ।
मेरो मनसधै घुमीरहन्छ आफ्नै गाँउ माथी ।।

मथुराको सम्म वेँसी,धातीवाङको वस्ती ।
विश्वभरी नै पुग्न थाले हाम्रै गाँउका हस्ती ।।
भौगोलिक र समाज,राजनीतिको थलों ।
कोही छैन जिल्ला वाँसीको नचाहने भलो ।।

पणेनाको शिरमा छ पाणीनीको तपोभुमी ।
दुर्वाश्वर गुफ़ा पर्छ खिदिमको पहाड़ मुनी ।
नरपानीको मुहान वनी वग्छ सित खोला ।
राप्ती भेट्ने लुम्वीनीको एउटै नदी होला ।।

कती सुन्दर झरना छ है धनचौरको माथी ।
हाम्रो जिल्ला चम्काउने अर्घा अनी खाँची ।।
वयालिस गावीस छन,मिलेको छ गाँउ शहर ।
अर्घाखाँचीमा वसाई सर्ने वढ्दैछ ठुलो लहर ।।

लुम्वीनीको सेरोफेरो पहाड़मा अर्घाखाँची ।
गुल्मी,पाल्पा सान अर्कै वस्छन नाचीनाची ।।
जोडिएको कपिलवस्तु,प्युठान,पाल्पा,दाङ ।
चिदीका,शिमलपानी,पणेना सिमा भालुवांङ ।।

( प्रिय पाठक मेरो यो रचना पढ्ने समय दिनुभएकोमा धन्यवाद,साहित्यनुरागी अर्घाखाँची भ्वाँईस डिल्लीराज
घिमिरेको रचना संग्रह “मेरो अर्घाखाँची”भाग एघार पढ्न र आफ्नो अमुल्य प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद )