डिल्लीराज घिमिरे
अर्घा र खाँची राज्य मिलाई वन्यो जिल्ला हाम्रो ।
हरीयाली,सुन्दर वस्ती,लेक वेँसी हेर्दै कती राम्रो ।।
सुन्दर पहाड़ पणेना रहेकोछ पाणीनीको तपोभुमी ।
महत्वपूर्ण दुर्वासेस्वर गुफ़ा छ खिदिम ढावा मुनी ।।
खाँचीकोटको पहाड़ विचमा मन्दिर सुपादेउराली ।
माथी पर्यो नरपानी तल सीतापुर उकालीओराली ।।
उच्च पहाड़ समथर वेँसी अनेकानेक सुन्दर गाँउ ।
विविधतामा एकताको परिचय अर्घाखाची नाँउ ।।
दक्षिण सिमा कपिलवस्तु,रुपन्देही,दाङ सम्म ।
धातिवाँङ,वाँगी,ठाडा मिलेको छ वस्ती टम्म ।।
दुर्गानदी उत्तर वग्छ दक्षिण वग्ने गंगानदी,खाँची ।
धनचौरको झरनाले जिल्लाको महत्व छ माथी ।।
पणेनालेक,अर्घा,सिङलेङ,कालीकाठी उच्चसीर ।
सुपा देउराली,घेरालेक र रतनमारे ख़तराक भिर ।।
सदाबहार वगी रहने दुर्गा,खाँची,गंगा सितखोला ।
अर्घाखाची जिल्ला नवुझेको नेपालमै कमै होला ।।
विद्युत,संचार यातायातमा भईसकेको छ विकास ।
राजनैतिक संकट छैन विस्वासमा वन्छ निकास ।।
समस्या कमै हुन्छ एकआपसमा सहयोगी भावना ।
अर्घाखाँचीको यात्रा गरौँ सवैलाई हाम्रो कामना ।।
( प्रिय पाठक मेरो यो रचना पढ्ने समय दिनुभएकोमा धन्यवाद,साहित्यनुरागी अर्घाखाँची भ्वाँईस डिल्लीराज
घिमिरेको रचना संग्रह “मेरो अर्घाखाँची”भाग बाह्र पढ्न र आफ्नो अमुल्य प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद )