मेरो अर्घाखाँची भाग १२

डिल्लीराज घिमिरे

पश्चिम नेपाल पहाडमा मेरो अर्घाखाँची ।
कपिवस्तु रुपन्देही दाङ देखि पर्छ माथि ।।
लुम्बिनीको एक सिर पहाडको काख ।
जतातै हरियाली कति राम्रो पाखा ।।

सधै चिसो हावा चल्ने कस्तो राम्रो ठाउँ ।
अग्ला होचा पहाड बिचमा बसेको छ गाउ ।।
उकाली र ओरालीमा घुम्छन गाउ बासी ।
कति सुन्दर जिल्ला मेरो अर्घाखाँची ।।

खिदिम को फेदीमा पबित्र दुर्गा गुफा ।
खाचिकोटको छातीमा छ देउराली सूपा ।।
पढेनाको सिरमा पाणिनी तपो भुमी ।
पोखरा थोक पटौटी पर्छ यस को मुनि ।।

अर्घाको सिर मुनि बजार सन्धिखर्क ।।
त्यो ठाउको नाम लिदा आउछ मनमा हर्ष ।
खाची संगै रहेको छ नरपानिको सिर ।।
देस बिदेस मा रमेका छौं हामी सबै बिर ।
आहा कति राम्रो हेर्नु हजुर अर्घाखाँची सिर ।।

( प्रिय पाठक मेरो यो रचना पढ्ने समय दिनुभएकोमा धन्यवाद,साहित्यनुरागी अर्घाखाँची भ्वाँईस डिल्लीराज
घिमिरेको रचना संग्रह “मेरो अर्घाखाँची”भाग तेह्र पढ्न र आफ्नो अमुल्य प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद )