डिल्लीराज घिमिरे
हरियाली सित्तलतामा मेरो अर्घाखाँची ।
डाडा पाख गाँउ वेशी रम्छौ हाँसीहीँसी ।।
दुर्गाफाट,खाँची फाट सिमलपानी पनि ।
अर्घाखाँची वाँसीहामी विविधतामा धनी ।।
नरपानी,धातिवांग,मन्द्रे महाभारत ताँती ।
पाँणिनीको तपोभुमी पणेना गाँउको माथी ।।
दुर्वासेस्वर गुफ़ा पनी खिदिम पहाड़ मुनी ।
सत्य युगलाई देखाउने सफल यो भुमी ।।
कति सुन्दर छ मथुराव्ेँसी वाँग्ला पर्ने माथी ।
छत्रगंज मन्दिर पर्छ पुर्वी मगरीतको छाती ।।
ढाँण चम्काउने मैदान हो शिक्षाको ज्योति ।
कृष्ण मा.वीकै महँन गुरु हरी पौडेल र मोती ।।
पटौटीको केन्द्र यो देउरालीको वनपाँखा ।
लोक सुसेलीमा रमाईरहन्छ सधैभरी आँखा ।।
वाँसुरीको मिठो घुन मादलको त्यो छ ताल ।
विस्वभरी जहाँ रहेपनी गर्छौ हामी देखभाल ।।
विस्वमै रहने जिल्लावाँसी एकसाथी हुनु पर्छ ।
हेर्दै जानु आईएसिओले जिल्लामा के के गर्छ ।।
सुन्दर वस्ती हरीयाली वनाई सुन्दर भावना ।
अंग्रेज़ीको नवको उपलक्ष्यमा शुभ कामना ।।
( प्रिय पाठक मेरो यो रचना पढ्ने समय दिनुभएकोमा धन्यवाद,साहित्यनुरागी अर्घाखाँची भ्वाँईस डिल्लीराज घिमिरेको रचना संग्रह “मेरो अर्घाखाँची”भाग चौध पढ्न र आफ्नो अमुल्य प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद )