मेरो अर्घाखाँची भाग १६

डिल्लीराज घिमिरे

मध्य पहाड़ी क्षेत्रमा छ मेरो जिल्ला अर्घाखाँची ।
गाँउ शहर रमाईलो वसेका छौ सवै हाँसी हाँसी ।।
सदवहार हरीयाली सुन्दर गाँउ वस्ती कती राम्रो ।
अनेका अनेक परीचयमै अर्घाखाँची जिल्ला हाम्रो ।।

दु:खद घटना घट्दैछन सुन्य हुदैछन हरेक गाँउ ।
हरीयाली वनपाखामै सिमित हुदै जिल्लाको नाउँ ।।
स्कुलहरुवन्द हुदैछन गाँउ वस्तीमा मात्र वृदवृदा ।
काहाली लाग्दो भईसकेछ गाँउ वस्ती फर्की हेर्दा ।।

वसाईसराई शहरतीर युवा शक्ती सवै विदेशमा ।
वृदवृदा गाँउवस्तीमा छन शिक्षक मात्र स्वदेशमा ।।
मोटरवाटो वस्तीवस्ती पुगेकोछ संचार धेरै माथी ।
वसाईसराई यस्तै चलीरहे शुन्य हुनेछ अर्घाखाँची ।।

डाडापाखा हरीयाली मानव वस्ती हराउदै छन ।
वस्ती सवै हराउदा वन्य जन्तु झन कराउदैछन ।।
मर्दापर्दा कोहीछैन गाँउवस्तीहरु ख़ाली हुदै गए ।
गैरीखेत मुलवारी खोरीया र पखेरा झै वाजा भए ।।

गाँउका महलहरुमा वृदवृदामात्र रहने भएको छ ।
वुहारी नातिनातीना शहर,छोरा विदेश गएको छ ।।
सवैवोडिंग पढ्नथाले सरकारी स्कुलवन्द हुदैछन ।
युवाशक्ती शहरहुदा वुदवृदामात्र गाउँमै रुदैछन ।।

( प्रिय पाठक मेरो यो रचना पढ्ने समय दिनुभएकोमा धन्यवाद,साहित्यनुरागी अर्घाखाँची भ्वाँईस डिल्लीराज घिमिरेको रचना संग्रह “मेरो अर्घाखाँची”भाग सत्र पढ्न र आफ्नो अमुल्य प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद )