मेरो अर्घाखाँची भाग १८

डिल्लीराज घिमिरे

पस्चिम दक्षिण ईलाकामा सिद्धाराको पाँखा ।
सितखोलाको अन्तिम केन्द्र जलुकेको काँख ।।
सदावहार हरियाली सुन्दरता छन पहाड़ वेँशी ।
मयूर कालिज रमाउने जिल्ला मेरो अर्घाखाँची ।।

जुकेनाको किनार वाटै वग्छ सित खोला पनी ।
नरपानीको मुहानवाट वनेकाछौ यहा सवैँधनी ।।
ठाडाको दक्षिण पत्थरकोट पुर्व पट्टी स्वर्णखाल ।
मध्यकेन्द्रमा सुपादेउराली गर्छ सधै देखभाल । ।

नम्रवोली नैतिक शिक्षा विद्यालय ठाउठाउमा ।
स्वास्थ्य केन्द्र वनेका छन हरेक गाँउ गाउँमा ।।
अनेक संस्कृति भाषाकला अलगअलग समेटी ।
जुकेनाको केन्द्र रातामाटा,गल्दा,कालीमाटी ।।

धन्चौरको अग्लो झरना हरीयाली वन वरीपरी ।
न्याउली चरी कराउछ यसै ठाउमा सधैभरी ।।
विद्युत,संचार विकास भयो कमी छ सिचाँईको ।
न्युन समस्या स्थानमा राजनैतिक मिचाँईको ।।

गोरुसिंगे सन्धिखर्क राजमार्गको पस्चिम क्षेत्र ।
धन्चौर,जुकेना,जलुकेको भाग पर्छ यस भित्र ।।
सिद्धारा र ठाडा गावीस हुन पक्कीसड़क नेर ।
पस्चिम प्युठानसंग जेडीएछन कयौ पहाड़भीर ।।

( प्रिय पाठक मेरो यो रचना पढ्ने समय दिनुभएकोमा धन्यवाद,साहित्यनुरागी अर्घाखाँची भ्वाँईस डिल्लीराज घिमिरेको रचना संग्रह “मेरो अर्घाखाँची”भाग उन्नाईस पढ्न र आफ्नो अमुल्य प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद )