डिल्लीराज घिमिरे
कति सुन्दर थियो मेरो त्यो उपल्ला मसीना ।
खरीगैरा,मधारा,पात्ला गर्थे वगाउदै पसीना ।।
दुध र जौँको सातु खाई खेल्ने टराल वारी ।
उत्तरहिमाल अनी दक्षिणतराई हेर्थे वारिपारी ।।
पहाडको टुप्पामै छ आठ घरको सानोंवस्ती ।
खाने पानी समस्याले सधै दियों जनसास्ती ।।
तल तीर भर्तापुर माथी कालीकाठीको गाँउ ।
मध्य पहाडी क्षेत्रमा छ अर्घाखाँचीको ठाउ ।।
टाकुरा,वर्थान,वाख्रे,भर्तापुर नौ नंको पाखा ।
मसीनाको रमाईलो वस्ती सात नं को काँख ।।
खरीगैरा दुईवटा छ कालिकाठीको फेदीतीर ।
पारी पट्टी ख़तरनाक छ हल्दे आडाको भीर ।।
काफल,कालीकाठ,कर्चापो र चौतारीको पाँखा ।
जहाँजाउ सधै घुमीरहन्छन यसै ठाउमा आँखा ।।
ठुलो वनको विचमा छन अंधेरी घौडा लाकुरी ।
स्मरण छ अझैपनी कृष्णसंगै वजाएको वाँसुरी । ।
मधाराको गैरामा गाँप र ईमलीहुने ठुलो गरुल ।
चुदेरी र वग्रेको चौरमा निकै थिए गीठा तरुल ।।
चारैतिर हरीयाली रमाईलो कती राम्रोँ पाँखा ।
आफ्नैगाँउमा आफ्नै ठाउमा घुम्छन सधै आँखा ।।
( प्रिय पाठक मेरो यो रचना पढ्ने समय दिनुभएकोमा धन्यवाद,साहित्यनुरागी अर्घाखाँची भ्वाँईस डिल्लीराज घिमिरेको रचना संग्रह “मेरो अर्घाखाँची”भाग विस पढ्न र आफ्नो अमुल्य प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद )