गणेश खनाल
धारापानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको धारापानी गाविसकी कम्युनिष्ट पार्टीका कार्यकता मिनकला बजान्डेको ७६ वर्ष उमेरमा आज निधन भएको छ ।
स्वर्गिय बजान्डे एमाओवादीका जिल्ला सदस्य सुवास बजान्डे, गोपी, रामप्रसाद, बालकृष्ण, डासीराम, चुरामणी, खडानन्द, हिरालालकी ममतामय आमा हुनुहन्थ्यो । स्वगिय बजान्डेलाई एमाओवादीका जिल्ला अध्यक्ष चन्द्र बहादुर खड्काले पार्टीको झन्डा ओडाएर श्रन्दाजली अर्पण गर्नुभएको थियो ।
एमाओवादीका सचिव ठाकुर कुमार विक, कोषध्यक्ष छम कुमारी खनाल,नेपाल शिक्षक महासंघ केन्द्रिय उपाध्यक्ष हरि प्रसाद भुसाल, एकिकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रिय सदस्य जिल्ला अध्यक्ष मान बहादुर पाण्डे,गुल्मीका जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाल,स्थानीय कविराम खनाल, कृष्ण प्रसाद बजान्डे लगाएतले श्रन्दाजली अर्पण गरेका थिए ।