गोपाल प्रसाद भट्टराई
हंसपुर, अर्घाखाँची । सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार भन्ने मुल नारा बोकेर भ्रष्ट्रचार न्युनिकरण गर्ने लक्ष्यका साथ स्थापना भएको सूचना तथा सुशासन अभियान सिआईजी अर्घाखाँचीले जिल्लाभर सुचनाको अधिकार सम्बन्धि सचेतना अभियानलाई तिब्रता दिएको छ ।
सि.आई.जि.अर्घाखाँचीले मंगलवार सिद्धार्थ उच्च मा.वि. हंसपुर रतनमारेमा सूचनाको अधिकार सम्वन्धमा संवाद कार्यक्रम सम्पन्न गरको छ । विद्यालयका नि.प्रध्यानाध्यापक नुदराज अधिकारिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुलाई सु-शासन अभियानका जिल्ला अध्यक्ष मुक्तिनाथ भुसालले सुचना र सुचनाको अधिकार सम्बन्धि बिषयबस्तु प्रस्तुतीकरण गर्नुभएको थियो । अभियानले स्थानिय विष्णु प्रसाद मिश्रको संयोजकमा सात सदस्यीय सि.आइ.जी.हशंपुर रतनमारको गठन गरेको छ ।
जसको सदस्यहरुमा सुनिता सुनार, सुनिल जि.सी, ज्ञानी पुन, लक्ष्मण भुसाल, दिल वहादुर काउछा र सुभद्धा राउत रहनु भएको छ ।
कार्यक्रम श्रोत व्यक्ति रिम प्रसाद पंन्थीको प्रमुख आथीत्यता, शिक्षक राम वहादुर खडकाको स्वागत मन्तव्य र शिक्षक विष्णु प्रसाद मिश्रको सन्चालनमा सम्पन्न भएको थियो ।कार्यक्रममा शिक्षक,विद्यार्थी तथा स्थानियहरु सहित १६५ जनाको सहभागिता रहेको थियो ।
यसैबिच मंगलबार नै सिआईजी अर्घाखाँचीको आयोजनामा वैद्ययनाथ मा.वि. हंसपुर, बामरुकमा पनि सूचनाको अधिकार सम्वन्धमा संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयका प्रध्यानाध्यापक राम वहादुर बस्नेतको अध्यक्षता , विद्यालय ब्यवस्थापन समिति अध्यक्ष दल बहादुर भट्टराईकोे प्रमुख आतिथ्यता, शिक्षक गोविन्द वि.सी.को स्वागत मन्तव्य र शिक्षक मान वहादुर कुँवरको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा शिक्षक,विधार्थी र स्थानियहरु गरी एक सय ७ जनाको सहभागिता रहेको थियो । उक्त भेलाले स्थानिय नविन के.सी.को संयोजकमा सात सदस्यीय सि.आई.जी. बामरुकको गठन गरेको छ ।
जसको सदस्यहरुमा रामवहादुर खनाल, टेकाश्वरी क्षेत्री, खुम वहादुर खडका, अस्मिता भुसाल, राजेन्द्र भुसाल र टान वहादुर रेस्मी रहनु भएको छ । रतनमारे र बामरुकमा सन्चालन भएका दुईवटै कार्यक्रममा सिआईजी अध्यक्ष मुक्तिनाथ भुसाल र सदस्य कमल ढकालले सहजीकरण गर्नु भएको थियो ।