डिल्लीराज घिमिरे
मैदान, अर्घाखाँची । उच्च शिक्षाको लागी शहर धाँउने परम्पराले गर्दा सधै ओझेलमा परिरहेको गाँउका उच्च माद्यमिक विद्यालयमा पछील्लो समयमा उल्टै परिवर्तन ल्याउन थालेको छ ।
श्री कृष्ण उच्च माद्यमिक विद्यालय मैदानमा यस पटक कक्षा ११ मा ज़म्मा विद्यार्थी संख्या ८१ जना विद्यार्थी भर्ना भएको मध्ये छात्र ३४ र छात्रा ४७ रहेको शिक्षिका रचना घिमिरेले अर्घाखाँची डटकमलाई जानकारी गराउनु भएको छ । यसैको उदाहरणको रुपमा पुर्वी अर्घाखाँचीको ढाँण ईलाकामा रहेको श्री कृष्ण उच्च माद्यमिक विद्यालय हो । वि.स.२०११ मा स्थापित यो विद्यालय २०६४ देखी उच्च माद्यमिक संचालन भएको हो । उच्च मा वि संचालनको पहिलो वर्षमै ९५ संख्या रहेको भएता पनी बर्षैपिच्छे केही कमी भएको विद्यार्थी संख्या यस पटक ह्वातायै वृद्धी भएको छ । यस उच्च मा वि मा हाल शिक्षा संकाय अन्तर्गत अंग्रेज़ी, नेपाली, गणित, अर्थशास्त्र र स्वास्थ्य अध्यापन भईरहेको छ ।
मैदान पटौटी धाँतिवांग र अडगुरीवाट यस विद्यालयमा अध्यायन गर्न भर्ना भएका छन । यस विद्यालयमा यसरी विद्यार्थी संख्या वढ्ने वातावरण कसरी वन्यो भन्ने पत्रकारको जिज्ञाषामा शिक्षकको मेहनत,सेवाक्षेत्रका विद्यालयवाट यस पटकको प्रवेशिका परिक्षामा उत्तीर्ण हुने संख्यामा वृद्धि रहेको उच्च माद्यमिक अध्यापन गराई रहनु भएका शिक्षक अनन्त घिमिरेले यसरी वढेको वताउनु हुन्छ । यस विद्यालयमा उत्तीर्ण हुनेको संख्या २०६९ मा शतप्रतिशत रहेको र यसपटक पनी ७० प्रतिशत उत्तीर्ण भएको हुदा सेवा क्षेत्रका अभिभावक र विद्यार्थीको आकर्षण वनाउन सफल रहेकोले यसरी वृद्धी भएको टेक नारायण गैरेको भनाई छ ।
तस्वीर दिनेश गैरे /अर्घाखाँची डटकम