नेपाल भारत सीमानामा उच्च ख़तरनाक विष्फोटक अस्त्र,क्षणभरमा दक्षिण एसियालाई युरोसीमा र नागासाकी जस्तै वनाउने ख़तरा

डिआरजी सुमन
वर्तमान परिवेशमा नेपाल चर्म मानवीय संकटमा पर्ने उच्च जोखिममा रहेको सर्वत्र जानकारी छ । मुलुकमा आपत्कालिन अवस्थामा चल्ने एम्वुलेन्स,देश र जनताको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी,आम जनतासामु यथार्थ संचारको रुपमा काम गर्ने पत्रकार र संचारगृह,दुई वर्षें नावालक,विद्यार्थीमाथीको आक्रमण दैनिकी वनेको छ ।
संघीयताको मुद्दा लिएर सुरु भएको राजनितिक लड़ाई आज सिंगो मुलुक नै संकटमा पार्ने कार्यमा क्रियाशील भईरहदा दैनिक उपभोगका अत्यावश्यक सामांग्री र औषधी कै संकट मुलुकमा परिरहेको छ । रतग जम्मा गरिने वलड ब्यागको अभाव खड्कीएको छ,यातायात साधनमा चाहिने ईन्धनको अभवले आम जनतालाई सिंडिकेट समस्या छ,ईन्धनकै अभावका कारण सानाठुला उद्योग कल कारख़ाना वन्द भईरहदा उपलव्ध दैनिक उपभोगका सामग्रीमा कालो वजारी खुलम्खुला भईरहेको छ ।
संघीयता र गणतन्त्रको सहि विश्लेषणात्मक तवरले प्रयोग गर्न असक्षम नेपाली नेतृत्वकै कारण नेपाली जनताले सास्ती व्योहर्न परेको निश्चित हो । आज नेपाल जस्तो परनिर्भर अविकसित र भुपरिवेष्ठित मुलुकमा आन्तरिक झगड़ालाई प्रयोग गरी छिमेकी मुलुकले नाकावन्दीको चरम यातना दिईरहेको छ । आज नेपाली जनताले विरोधीलाई गाली गर्नु जाहायज नै भएता पनी चार महिना सम्म सरकारले निकासको पाटो अवलम्वन गर्न नसक्नुले कुनैपनी दलको पहिलो पुस्ताको नेतृत्वकर्ताले मुलुकमा निकास र विकास गर्न सक्दैन भन्ने निश्चित भएको छ ।
आज महाभुकम्मको कारण घरवार विहीन भएका जनताले पूस र माघमा अर्को सास्ती पाउने छन तर भूकम्प पीड़ितलाई आएको रक़म प्रधानमंत्री कोषमै थन्किएको छ सायद यो राहत फागुनमा जाडोवाट वचेकालाई वितरण गर्ने तयारी होला । हिजो सरकारमा रहनेलाई गाली गर्ने नायक सरकारमा पुगेका छन तर काम भनेको एउटा मात्र भो त्यो भनेको आधा दर्जन उप प्रधानमन्त्रीको न्युक्ती गरेर रेकर्ड तोडेको छ । यो समयमा तराई ताती रहनुमा सरकारकै चरम लापरवाही हो जव संकटको अन्तिम घड़ी आउछ त्यो वेला सवै कानुन तोडेर पनी देश र जनतालाई वचाउने सरकारले हिकमत गर्न सक्नु पर्छ ।
आज मुट्ठीभरका भारतीय दलालको मनपरी तन्त्रमा तराईवाँसी मधेशी र पहाड़ी मुलका जनतालाई भोगको वली वनाईरहेको अवस्था छ । यदी आन्दोलनरत मोर्चाले तराईवाँसीको रक्षा गर्नेगरी जहाज़ माग गरी रहेको भएमा भारतको सिमानामा वसी नेपाली भुमीमा ढुंगामुढा र गोली हान्ने आन्दोलनका सम्पुर्ण देशद्रोही क्रियाकलाप यथासिघ्र रोकेर सरकारले वोलाएको वार्तावाट नै माँग पुरा गर्नु पर्छ यदी वार्तामै वस्न मान्दैन भने तराईमा भईरहेको आन्दोलन आतंकवादी चरित्रका आधारमा गरिएको छ यसलाई नियन्त्रणको लागी नेपाली सेना परिचालन गरी आंतकवादी विरुद्ध मिशन सुरु गर्ने समय आएको छ ।
गणतन्त्रात्मक संसदीय प्रणालीमा आएर पनी ढुंगेयुगको आधारमा गैह्र मानवीय तवरवाट भईरहेको निन्दनीय आन्दोलन आज सर्वत्र विरोध वनेको छ । एनआरएन लगायत विश्वभर रहने नेपाली गोर्खाली सैनिकवाट समेत यसको घोर निन्दा भईरहदा भूपरिवेष्ठित मुलुकको स्वतंत्र परिवहन जेनेभा सन्धिको उल्लंघन हुदा समेत WTO, UN लगायतका अन्तराष्ट्रीय संस्था यस घटना गंभीर नहुनुले गरिव र दुखीलाई अंतिम संकटको वेला कसैले हेर्दैन भन्ने कुराको स्पष्टता हो ।
आज विश्वभर लाखौ नेपाली गुहार गुहार भनि चिच्चाउदै छन नेपाली आमा रत्ताम्मै आँसु भेलमा मुछिएको समयमा नेपाली आमाको रक्षर्थ खटिएका प्रहरी भारतीय सेना नेपाली भूमीमा आई नेपाली चारजना जनतालाई गोली हानेको सहन नसकि आज नेपाल भारतीय सिमामा गोली वर्साउन थालेको छन । अव संयमता र धैर्यतापूर्वक वसेर निकास नआउने निश्चित देखेर तराईमा प्रतिकार नै हुन थालेको छ । विश्वका अव धेरै मानव अधिकारकर्मी तराईमा पुग्न जरुरी भएको छ भने आवस्यक परेको खण्डमा विश्वभर रहने नेपाली सैनिक र गैह्र सैनिक भारत विरुद्ध लड़ाई लड्न र आवस्यक परे तेस्रो विश्व युद्धको लागी तयार हुन जरुरी छ । जुनवेला घरमा झगड़ा पर्छ त्यो वेला घर कमज़ोर भएको अवसर पाई छिमेकीको गिद्धे नजर प्रवेश गरी आर्थिक नैतिक र भौतिक आक्रमण सुरु गर्छ त्यो घटना आज नेपालमा परेको छ भने हिजो सहयोग गर्न चाहने पनी आज पीड़ाको घडीमा दुश्मनको पक्षमा ओकालत गरीरहन लागी परेका छन ।
अन्त्यमा आज नेपाल भारत सिमा क्षेत्रका धेरै भागमा भरिएका धेरै ट्यांकर छन यहा सच्चा राष्ट्रप्रेमी नेपाली भारतीय नाकावन्दीको विरोधमा आवेगले आगों भएको वेला जस्तोसुकै संकट आउन सक्ने देखिएको छ । आज मलाई समस्या पर्दा साथ नपाए पछी कसैलाई पनी उद्गार गरेर केही हुनेवाला छैन भन्ने निश्चित भएपछी अव कुनै एक नेपाली वा भारतीयले नै कुनै एक ग्यास वुलेटमा आगज़नी गर्यो भने हुन सक्ने संभावित दुर्घटना वारे भारत सरकार कती सजग छ ? वास्तवमै कुनैपनी नाकामा योजनावद्ध यसरी आगज़नी गरेको खण्डमा नेपाल र भारतको करोडौ जनता र अरवौको सम्पत्ति नस्ट हुने निश्चित छ । यस विषयमा भारतको मध्येप्रदेशको राजधानी भोपालमा रहेको ग्याँस काण्ड व्योहोरी सकेको भारतले अझै चेत नपाएको जस्तो छ ।
भारतले आफ्नै घरमा कुकुर पालेर पराई हेपीरहदा आफुलाई हुन सक्ने ख़तरावारे सोच्न जरुरी छ । आज यसरी आगज़नी गर्न कुनै सरकार वा संगठन आवस्यक छैन मात्र सच्चा राष्ट्रप्रेमी नेपाली यस घटनाको पात्र वन्ने छ । भारतीय सिमानामा भएको अवरोधको परिणाम भारत र नेपाल युरोसीमा र नागासाकी वन्न धेरै समय लाग्दैन । तसर्थ नेपाल सरकार भारत सरकार समयमै सजग भई सम्भावित दुर्घटना हुनवाट रोक्न नसकेको खण्डमा “नरहे वाँस न वजे वाँसुरी”भनेझै गरी तराई पनी रहने छैन संघीयता पनी रहने छैन ।
( लेखक : न्याय र समानताको लागी समाज र राष्ट्रीयता सवालमा पृथक विचारधाराको परिचय पिएसएम एण्ड अर्घाखाँची डटकम क्राइम व्युरो डिआरजी सुमन हो ।)