असुरकोटको सल्यबथानमा जिप दुर्घटना हुँदा २२ वर्षिय चालकको मृत्‍यु, घरमा ८ महिने गर्भवती श्रीमती


बाबु रोका मगर
असुरकोट, अर्घाखाँची ।  अर्घाखाँचीको सन्धिखर्कबाट असुरकोट जोगिटारिको लागि छुटेको लु १ ज १७०५ नम्बरको महिन्द्रा जिप असुरकोटको सल्यबथानमा दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ । पाँच जना घाइते भएका छन् । 
उपचारको लागि बाटोमा लैजाने क्रममा जिप  चालक भुवन बुढामगरको मृत्यु भएको हो। असुरकोट वडा नम्बर ९ जोगिटारी निवासी २२ वर्षिय मृतक चालकले गत बर्षको मंसिरमा बिहे गरेका थिए भने उनकी श्रीमती पौष महिनामा सुत्केरी हुदै छिन् । उनी श्रीमानको मृत्‍युको खबरले बेहोस भएकी छिन । भुवनको अर्को महिना जन्मदै गरेको आफ्नो सन्तान देख्ने सपना सदाका लागि अधुरो रहयो । 
शुक्रबार दिउसो करिब साँढे दुई बजे गुडिरहेको गाडीको अचानक ब्रेक फेल भई दुर्घटना हुँदा सडकबाट १ सय पचास मिटर तल खस्दा जीपमा सवार असुरकोट-९ का २० बर्षका पारस रोका मगर,१९ बर्षकी बिपना रोका मगर,१७ बर्षकी अनिता रोका मगर, १६ बर्षका बम बहादुर शिव घर्तिमगर र प्युठान विजुली – ७ का १६ बर्षका हरी प्रसाद भट्टराई घाइते भएका छन् । 
 
दुर्घटनामा एघार जना सबै घाइते आसुरकोट वाड नम्बर -९ जोगिटारी र बहल्डुँडा, रहखोला गाउँका परेका छन् ।  बाँकी घाइते मध्ये  बिधार्थी पारस रोका मगरको अवस्था चिन्ताजनक रहेको छ। 
घाइतेहरु धेरैजसो बिधार्थीहरु रहेका छन्। 
घाइतेहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचार पछि थप उपचारका लागी लुम्बिनी अन्चल अस्पताल बुटवल रिफर गरीएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
Gopal Prasad Bhattarai in Arghakhanchi contributed to this report.

अन्य समाचारहरु